
रुपन्देही, ९ माघ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा छाडेको छ ।
आज बयान सकिए पनि बहस हुन नपाएपछि परिवार र अधिवक्ताको जमानीमा रहने गरि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । रुपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा परेको थियो । न्यायाधीश योगीले लामिछानेलाई २२ वटा प्रश्न सोध्नुभएको थियो ।
भोलि पुनः सवाल जवाफ सकिएपछि थुन छेक बहस हुने छ । जिम्मा जमानीमा भोलि १०ः३० बजे हाजिर हुने गरि कानुन व्यवसायीको जिम्मामा बयान सकिएको बहस भोलिदेखि हुने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो ।


