
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
किएभ, ६ चैत । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाएको छ । युक्रेनले ऊर्जा ग्रिडमा आक्रमणहरू रोक्न मात्र सहमत भएको केही घण्टापछि मस्कोले नागरिक पूर्वाधारमा आक्रमणहरूको रिपोर्ट गर्दै उक्त आरोप लगाएको हो । वासिङ्टनले तीन वर्ष पुरानो युद्धको व्यापक समाधानतर्फको पहिलो कदमका रूपमा पूर्ण ३० दिनको युद्धविरामका लागि दबाब दिइरहेको छ । तर मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै सम्झौता पश्चिमले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नेमा निर्भर रहने कुरामा जोड दिँदै अस्वीकार गर्नुभयो । क्रेमलिनका अनुसार पुटिनले आफ्नो सेनालाई ३० दिनका लागि युक्रेनी ऊर्जा लक्ष्यहरू…
भोजपुर, ६ चैत । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो । शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए। यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उनले जानकारी दिए । “हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्याक्सरको परीक्षण थालेका छौँ” शाखा प्रमुख उपाध्यायले…
विष्णुप्रसाद पोखरेलदमक, ६ चैत । झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० वर्षीय विशाल लिम्बु,…
झापा, ६ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमाणको चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
धवलागिरि, ६ चैत । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय…
झापा, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त शुरु हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यसअवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन । शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका…
झापा, ६ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन…
झापा, ६ चैत । गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । “यस समयमा, आइडीएफ ९इजरायल रक्षा बल० र शिन बेटले गाजा पट्टीभरि बिद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,” सेना र शिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ । “विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।” इजरायलले…
झापा, ६ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…
रोहित काफ्लेभद्रपुर, ५ चैत । झापाका तीनवटा जंगलमा डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण डढेलोले ठूलो क्षेत्रफलको वनमा क्षति पुगेको छ। हिजो अपरान्ह भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० विगाहा वन क्षेत्र क्षति भएको छ। प्रहरी र भद्रपुर तथा विर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। त्यस्तै, दमक–१० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण आगो फैलिँदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अर्को, बुद्धशान्ति गाउँपालिका–६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको प्रहरीले जानकारी दिएको छ। डढेलोबाट करिब २५ हेक्टर…