
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, १० साउन । राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। सरकारको नेतृत्व कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले लिने सहमति भएको छ। मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। तीनबुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक…
भद्रपुर, १० साउन । झापामा एक वर्षमा ६०१ जनामा डेङ्गु सङ्क्रमण भएको छ । आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा ६०१ जनामा डेंगु संक्रमण देखिएको हो । डेङ्गु सङ्क्रमणको दर पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर दुई हजार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएका थिए । स्वास्थ्य कार्यालयका प्रमुख व्रिजकुमार दासका अनुसार डेङ्गु सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका १५ वटै स्थानीय तहमा प्रत्येक वर्ष ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिँदै आएको छ। उहाँका अनुसार स्थानीय तहसँगको समन्वयमा…
झापा, १० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ ।…
झापा, ९ साउन । झापाको मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याक क्षेत्रमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । आज दिउँसो करिब २ः०० बजे लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका झापा अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शङ्काका आधारमा शरीर तलासी लिने क्रममा प्लास्टिकसहित ७ ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो…
चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्र पहिलो साता उत्कृष्ट व्यवसाय र दर्शकको सकारात्मक प्रतिक्रिया सहित दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा आउँदा चलचित्रको शो र चलचित्रमा दर्शक समेत बढेका छन् । चलचित्रले पहिलो साता कति कमायो भन्ने सोमबार बक्सअफिस सार्वजनिक भएपछि थाहा हुनेछ । हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक रूपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ, निर्देशक कपिल रिजालले भने, तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदै छ । सुरुमा करिब २…
हृदयघात घातक हुन सक्छ त्यसैले तुरुन्तै सतर्क हुनु महत्त्वपूर्ण छ । हृदयघातको समयमा पहिलो १० मिनेट महत्त्वपूर्ण हुने हृदयरोग विशेषज्ञले बताउँछन् । यस समयमा चालिएका सही कदमले बिरामीको ज्यान जोगाउन सक्छ । त्यसैले कसैलाई ह्दयघात भएको थाहा हुनेबित्तिकै तुरुन्तै कदम चाल्न आवश्यक छ । आज हामी कसैलाई हृदयघात भयो भने के गर्ने भनेर चर्चा गर्छौँ । यदि कसैलाई हृदयघात भएको छ भने पहिले उसलाई आरामसँग बसाइदिनुहोस् र तुरुन्तै डाक्टर वा एम्बुलेन्सलाई बोलाउनुहोस् । आफ्नो घर वा कार्यालयमा सधैं एस्पिरिन र सोर्बिटोल ट्याब्लेट राख्नुहोस् । बिरामीलाई चपाउनका लागि १५० मिलीग्रामको दुई एस्पिरिन ट्याब्लेट र जिब्रोमुनि राख्न सोर्बिटोल ट्याब्लेट दिनुहोस् । हृदयघातको…
साउदी अरेबिया, ९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धबीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भए पछि तेहरान समर्थित हुथी विद्रोहीहरूले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । यो सँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ । यद्यपी हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरान माथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताएका छन् । विद्रोहीहरूले शीर्ष तेल उत्पादकले समुद्री नाकाबंदीको घोषणा पछि र लाल सागरमा यसका…
रौतहट, ९ साउन। जवरजस्ती करणीपछि बालिकाको हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय तोकिएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ बगहीका ३० वर्षीय प्रभु माझीलाई शुक्रबार राति करिब साढे ११ बजे सोही स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार माझी २०६८ फागुन २५ गते तत्कालीन बगही गाविस–६ (हाल) कटहरिया नगरपालिका–७० स्थित वीरेन्द्र चौधरीको पोखरीको डिलमा एक पाँच वर्षीया बालिकामाथि जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजायको फैसला सदर भएको थियो । त्यसपछि उनी कारागार कार्यालय…
सुनसरी, ९ साउन । मोरङको विराटनगर महानगरपालिका–४ भट्टाचोक क्षेत्रबाट १०४ ग्राम ब्राउन सुगरसहित एक पैदल यात्री पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार विशेष सूचनाका आधारमा सीआरभी भट्टाचोक मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको दुहबी नगरपालिका–१२ निवासी २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट १०४ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका यादवमाथि लागूऔषधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर, ९ साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्यअभिवृद्धि…