
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २५ फागुन । झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले रिटर्निहरुले सामाजिक, आर्थिक, राजनीतिक समस्या भोग्न बाध्य हुनुपरेको बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा विर्तामोडमा आयोजित ‘राष्ट्र निर्माणमा रिटर्निको भूमिका, स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । लामो समय विदेशमा बिताएर स्वदेश फर्कदा आफू आबद्ध राजनीतिक दलमा पूर्ववत अवस्थामा फर्कन समस्या हुने, सामाजिक रुपमा घुलमेल हुनै समय लाग्ने, पारिवारिक बेमेल उत्पन्न हुने एवं आर्थिक समस्या समेत झेल्नुपरेको सहभागीले बताएका हुन् । रोजगारी वा अध्ययनका लागि लामो समय विदेश बसेर फर्किएकाहरुको सीप, क्षमता, प्राविधिक…
झापा, २५ फागुन । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित…
काठमाडौँ, २५ फागुन । चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जारी प्रतियोगितामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । रासस
झापा, २५ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर…
झापा, २५ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम…
मेष: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारजनसँग भेटघाट हुनेछ। वृष: रमणीय र सुखद् यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्विचाले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। मिथुन: नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। लक्ष्मी प्राप्तिको राम्रो योग छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारसँग भेट होला। कर्कट: झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ।…
इलाम, २५ फागुन । दुई विभागीय टोली आर्मी र एपीएफ क्लब भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपीएफले जितेको छ । आजको भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २-१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि कब्जा गरेको हो । सुरुवातबाट नै आर्मीविरुद्ध हाबी भएको एपीएफले खेलको २५ औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । एपीएफकि सविता रानालाई आर्मीको डि बक्स एरियामा फल्ड गरेपछि पाएको पेनाल्टी लाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन । आर्मीले पनि पहिलो हाफमा थुप्रै अवसरहरू सदुपयोग गर्न सकेन । पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनायो…
भद्रपुर, २४ फागुन । झापा भद्रपुरको प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुललगायत पौष्टिक खाना वितरण गर्दैै अखिल नेपाल महिला संघ झापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अस्पतालमा उपचारत रहेका विरामीहरुलाई आज पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले, जिल्ला अध्यक्ष लीला दाहाल लगायत जिल्लाका पदाधिकारीहरुले अस्पतालमा रहेका ८२ जना विरामीलाई फलफुल, हर्लिक्स लगायत पोषण युक्त खानेकुरा वितरण गरिएको अनेम संघ जिल्ला सचिव कोपिला चम्लागाईले जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष काफ्लेले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला…
भद्रपुर, २४ फागुन । झापाको भद्रपुर नगरपालिकामा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका भद्रपुर नगरपालिकाको आयोजना तथा नगरका विभिन्न संघसंस्थाहरुको समन्वयमा आज विविध कार्यक्रमका साथ महिला दिवस मनाइएको हो । नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख पोखरेलले महिलाहरुको हक अधिकार स्थापित गर्न सरकारले विभिन्न ऐन कानून ल्याएको बताउनुभयो । महिला दिवसको शुभकामना दिनुहुँदै उहाँले महिला अधिकार स्थापित गर्न सबै भूमिका महत्वपूर्ण हुने बताउनुभयो । त्यस्तै, उप्रमुख राधा कार्कीले नगरपालिकाले महिलाको…
चन्द्र बस्नेत कनकाई, २४ फागुन । झापाको कनकाईमा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नगरका नौ वटै वडामा विविधि कार्यक्रमको आयोजना गरी रचनात्मक तवरले दिवस मनाइएको हो । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका कनकाईका सबै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । आज कनकाईको वडा नं. १ देखि ८ सम्म छुट्टाछुट्टै स्थानमा विविधि कार्यक्रम गरिएको छ भने ९ नम्बर वडामा शुक्रबार दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । नगरपालिकाको सभाहलमा भएको वडा नं. १ को कार्यक्रममा विविध प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसहित छुट्टाछुट्टै ५ विधाका ५ जना महिलालाई…