jhapaonline add

कनकाई, २३ माघ । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उहाँले बताउनुभयो । प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार…

Read More

झापा, २३ माघ । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मङ्गलवार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको…

Read More

शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षी नगरपालिकामा ११ वटै वडाहरुमा एच.पि.भि. खोप लगाउन सुरु गरिएको छ । शिवसताक्षी ९ को धु्रवतारा आवाशीय माध्यमिक विद्यालय खोपकेन्द्रबाट एच.पि.भि. खोपको उद्घाटन गरि अभियान सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोप अभियानको उद्घाटन शिवसताक्षी नगरपालिकाकी नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफ्ले उद्घाटन गरेका हुन् । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप शिवसताक्षी नगरपालिकामा रहेका भित्रका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रोषन अधिकारीले जानकारी दिए । उनले आज खोप अभियानको पहिलो…

Read More

झापा, २२ माघ । राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिवशताक्षी–११ ले रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ लाई सम्मान गरेको छ । विद्यालयको ५५औ वार्षिकोत्सको अवसरमा प्रतिष्ठानलाई सम्मान गरिएको हो । प्रतिष्ठानले विद्यालयमा अध्ययनरत जेहनदार, अनुशासित, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट आर्थिक अवस्था कमजोर भएका १०१ जना छात्रछात्राहरुलाई १०१ थान ट्रयाकसुट वितरण गरेको थियो । प्रतिष्ठानको शैक्षिक कार्यक्रम अन्तर्गत ट्रयाकसुट वितरण गरी विद्यार्थीलाई विद्यालय आउने वातावरण सहज बनाइदिएकोमा उक्त कार्यको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्मा, शिक्षकद्वय यादव घिमिरे र राकेश चौधरी लगायतको टोली घरमै पुगेर प्रतिष्ठानका कोषाध्यक्ष यज्ञप्रसाद ओली (गोपाल)लाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरिएको हो ।

Read More

झापा, २२ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २१ गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ । यसैगरी, गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे २ बजे धरान उप–महानगरपालिका–६ पानमारा जंगलस्थित सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडीसहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा बरामद गरेको हो भने प्रहरी चौकि घुस्कीहाट सुनसरीबाट गस्तीमा खटिएको प्रहरी…

Read More

झापा, २२ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रूपैयाँ ७७ पैसा र…

Read More

झापा, २२ माघ । झापामा आजदेखि महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान शुरु हुँदैछ । झापाको मेचीनगर–१३ चारआलीस्थित सहिद दशरथ चन्द माविमा आज उद्घाटन कार्यक्रम रहेको छ । जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । माघ २२ गतेदेखि २९ गतेसम्म जिल्लामा सञ्चालन हुने यो अभियानमा कक्षा–६ देखि कक्षा–१० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइनेछ । झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र,…

Read More

झापा, २२ माघ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो । “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने…

Read More

झापा, २२ माघ । आज फेबु्रअरी ४ विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको…

Read More

झापा, २२ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टाको अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी…

Read More