
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ माघ । सामाजिक अभियन्ता आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध मंगलबार जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो । उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो ।
मेष : मङ्गल कार्यमा सरिक भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मारिएला। वैदेशिक कार्य अघि बढ्नेछ। वृष : सुखदुःख बराबरी हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। साजसज्जामा ध्यान जानेछ। मिथुन : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ हुनेछ। कर्कट : नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रमणीय र सुखद यात्राको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।…
मोरङ, १६ माघ । कोशी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङलगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना नेतृत्वको समितिको आज बसेको बैठकले औपचारिक रूपमा वार्ताको आह्वान गरेको हो । ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले…
झापा, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।…
झापा, १६ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली…
झापा, १६ माघ । गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन् । शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबिच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरूसँग छलफल सुरु गरेका हुन् । छलफलबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भएपनि केही व्यक्ति र समूहले धर्म संस्कृति…
झापा, १५ माघ । झापामा सबैभन्दा धेरै बसोबास रहेको सिमान्तकृत आदिवासी सन्थाल समुदायले आज मौलिक सोहराय पर्व मनाएका छन् । सन्थाल समुदायले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमका साथ झापामा यो पर्व मनाएका हुन् । को अवसरमा झापाको हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । आज सोहरायको पहिलो दिन हो । सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कनकाई नगरपालिकामा सन्थाल समुदायको बसोबास रहेको छ । आज सन्थाल समुदायको बसोबास रहेको झापाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका थिए । सन्थाल समुदायले यो पर्व छ…
झापा, १५ माघ । राष्ट्रिय अभियान अन्तर्गत कोशी प्रदेशमा पनि पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान शुरु हुने भएको छ । कोशी प्रदेशका १४ वटा जिल्लामध्ये सातवटा जिल्लामा माघ–२२ र अन्य जिल्लामा माघ–२३ गते देखि यो अभियान शुरु हुन लागेको हो । कोशी प्रदेश पूर्ण खोप समन्वय समितिले अभियानको तयारीका विषयमा जानकारी गराउने उद्देश्यले विराटनगर स्थित स्वास्थ्य मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यो खोप लगाउने लक्ष्य लिइएको छ । विद्यालयमा अध्ययनरत ६ कक्षादेखि १० कक्षा सम्म र विद्यालय बाहिर रहेका सो उमेर समूहका किशोरीहरूलाई…
इलाम, १५ माघ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत इलाममा ९ हजार ८ सय २८ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत माघ २२ गतेदेखी फागुन ७ सम्म एकै पटक सञ्चालन हुदैछ । इलामा यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन हुने जिल्लाका १० वटै पालिकामा रहेका सम्पुर्ण संस्थागत र सामुदायिक विद्यालयहरूमा रहेको ३४० खोप केन्द्रबाट खोप लगाइने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । यो वर्ष अभियानकै रूपमा खोप कार्यक्रम अघि बढाउने र आगामी वर्षबाट नियमित खोपका रूपमा दिइने स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले बताउनुभयो ।…
झापा, १५ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम अन्तरगत आज १३ वर्षमुनिको फुटलब प्रतियोगिताको क्वाटर फाइलनका खेल सकिएको छ । झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज छ वटा क्वाटर फाइनल खेल सम्पन्न भएको एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । पहिलो खेल कनकाई बोर्डिङ स्कूल बिर्तामोड र सूर्योदय इंग्लिस स्कूल काँकरभिट्टा बीच भएकोमा सूर्योदय ४–० ले विजयी भएको छ । दोस्रो खेलमा २–० को गोल अन्तरले लोफोफोरस इंग्लिस स्कूल काँकरभिट्टाले फाक्तालुङ एजुकेशन फाउण्डेशन कनकाईलाई पराजित गर्यो भने तेस्रो…