
झापा, १५ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम अन्तरगत आज १३ वर्षमुनिको फुटलब प्रतियोगिताको क्वाटर फाइलनका खेल सकिएको छ ।
झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज छ वटा क्वाटर फाइनल खेल सम्पन्न भएको एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । पहिलो खेल कनकाई बोर्डिङ स्कूल बिर्तामोड र सूर्योदय इंग्लिस स्कूल काँकरभिट्टा बीच भएकोमा सूर्योदय ४–० ले विजयी भएको छ ।

दोस्रो खेलमा २–० को गोल अन्तरले लोफोफोरस इंग्लिस स्कूल काँकरभिट्टाले फाक्तालुङ एजुकेशन फाउण्डेशन कनकाईलाई पराजित गर्यो भने तेस्रो खेलमा अरुणोदय इंग्लिस स्कूल काँकरभिट्टाले गोल वर्षा गर्दै ७–० ले शान्तिपथ इंग्लिस स्कूल काँकरभिट्टलाई जितेको छ ।
यस्तै, चौथो खेलमा इष्ट होराइजन बोर्डिङ स्कूल धुलाबारीले ५–० को गोल अन्तरले दन्तकाली इंग्लिस बोर्डिङ स्कूल चारआलीलाई हराएको छ । पाँचौ खेलमा पेनाल्टीमा ३–२ को गोल अन्तरले वण्डरल्याण्ड इंग्लिस स्कूल केर्खाले चिल्ड्रेन गार्डेन जलथललाई हराएको छ ।
छैठौं खेलमा सूर्योदय इंग्लिस बोर्डिङ स्कूल काँकरभिट्टाले ६–० गोलले अरुणोदय इंग्लिस बोर्डिङ स्कूललाई हजारको छ ।

प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइन खेलमा वण्डरल्याण्ड इंग्लिस बोर्डिङ स्कूल केर्खा र लोफोफोरस इंग्लिस बोर्डिङ स्कूल काँकरभिट्टा बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल इष्ट होराइजन र सूर्योदलय बीच हुने कार्यवाहक अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा सोमबारदेखि फुटबल प्रतियोगिता जारी छ । माघ १४ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगात्मक कार्यक्रमको उद्घाटन शिक्षा समन्वय समिति झापाका प्रमुख देवेन्द्र मल्लले उद्घाटन गर्नुभएको थियो ।
जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल, टेनिस, ब्याडमिन्ट लगायत खेलकुद प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा हुनेछ भने सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत हुनेछ । कार्यक्रमको समापन माघ १९ गते दमकको झापा मोडल स्कूलमा हुनेछ ।


