झापा, २६ कात्तिक । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण मौसममा आंशिक प्रभाव परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज बिहीबार पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
Facebook Comments Box



