संखुवासभा, २६ कात्तिक । संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
बुधबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सबिनको बायाँ हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ ।
घाइते दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
Facebook Comments Box



