
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (सोमबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,…
झापा, १४ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताउनुभएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उहाँले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बीमा रकम पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उहाँको कथन थियो ।
झापा, १४ माघ । युवा पुस्ताका चर्चित ¥यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन् । उनीहरुको प्रस्तुतिले महोत्सवलाई बेग्ले रोनकता प्रदान गरेको छ । हजारौ समर्थकले उनीहरुको प्रस्तुतिलाई रुचाएर महोत्सवलाई थप रौनकता दिएका हुन् । गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक व्याण्ड र अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन् । उनीहरका झापामा हजारौ हजार समर्थक छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने छ । लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति यस अघि नै प्रस्तुत गरिएको…
झापा, १३ माघ । झापाको शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रमा मानव स्वास्थ्यमा असर गर्ने फार्मलिनयुक्त माछा बरामद गरी नष्ट गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा फार्मलिनयुक्त माछा बिक्री–वितरणमा रोक लगाएसँगै आज बजार अनगुमन गरेर त्यस्ता माछा जफत गरी नष्ट गरेको हो । शिवसताक्षी नगरपालिकाको अनुगमन टोली शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारबाट ४४ केजी माछा जफत गरी खाल्डो खनेर गाडेको छ । नगरपालिकाकी उपप्रमुख तथा अनुगमन टोलीकी संयोजक नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफे, राजश्व शाखा प्रमुख विमल बास्कोटा, नेपाल तथा नगर प्रहरी लगायतको टोलीले बजार अनुगमन गरी तीन वटा पसलबाट माछा जफत गरेको छ । बरामद माछा नगरपालिकाको कार्यालय परिसरमा खाल्डो…
विराटनगर, १३ माघ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए । यसका साथै मन्त्री भण्डारीले सदनमा विभित्र समयमा उठेका विषयमा धारणा राखेका थिए । उनले प्रदेश सरकारले प्रहरी समायोजनका विषयमा सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । शनिबार ताप्लेजुङको बल्लुमा भएको घटनामा २० जना सुरक्षाकर्मी घाइते भएका जानकारी दिए । “प्रहरीमाथि आक्रमण हुनसक्ने जानकारी पाएको प्रहरीले सुरक्षा सतर्कता अपनाउँदा पनि आवश्यक जाँचका क्रममा आक्रमण भयो ।…
कचनकवल, १३ माघ । कचनकवल जेसीजको तेस्रो पद हस्तान्तरण तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा वर्ष २०२४ का अध्यक्ष बेनुप प्रसाईंले वर्ष २०२५ का अध्यक्ष निर्मल दाहाललाई जेसीज चेन हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गरे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले कार्यक्रम उद्घाटन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा संस्थाको विकास र समुदायप्रतिको योगदानलाई अझ प्रभावकारी बनाउन प्रेरणा व्यक्त गरे । कार्यक्रममा वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष अर्जुन चम्लागाईंले आस्था वाचन गरेका थिए भने वर्ष २०२४ की सदस्य प्रतीक्षा कार्कीले जेसीजको मिसन र भिजन प्रस्तुत गरिन्। कार्यक्रमको संयोजन मनिष दाहालले गरेका…
बिर्तामोड, १३ माघ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको छ । खाद्य स्वच्छताबारे जनचेतना जगाउन तथा उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गराउने उद्देश्यले आज पसल तथा होटलको अनुगमन गरिएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाको अगुवाई, बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ झापा, अस्थायी प्रहरी चौकी बिर्ताबजारको असई सहित सरोकारवाला निकायको समन्वयमा आज आइतबार अनुगमन गरिएको हो । अनुगमनको क्रममा केही होटल तथा रेष्टुरेन्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टालगायत म्याद गुज्रेका अखाद्य वस्तु भेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र ओस्तीले जानकारी दिए । उनले…
ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी घाइते भएकालाई उपचारका लागि काठमाडौँ लगिएको छ । नेपाली सेनाको जहाजमा घाइतेहरुलाई विराटनगरबाट काठमाडौँ लगिएको हो । झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको छन् । तीमध्ये केही घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ भने केहीलाई काठमाडौँ लगिएको हो ।
झापा, १३ माघ । कृषि विज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ । माघ १० गते बिहीबार जल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई दोषी ठहर गरेका हुन् । राईलाई उनी आफैंले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो । ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो । राईलाई सजाय भने माघ २५ गते इजलासले निर्धारण गर्नेछ । २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय…
झापा, १३ माघ । सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – ५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन् । तराईमा लोकप्रिय खाजा भक्काको स्टल लिएर महोत्सवमा सहभागी उनले आफ्नो संस्थाको व्यानरलाई समेत चिनाउने प्रयत्न गरेकी छिन् । महोत्सवमा आएका अवलोकनकर्ता र ग्राहकलाई भक्का, वैगुन चप र चिया बेचीरहेकी उनले हामीसंगको भेटमा भनिन् –‘यो हाम्रो मौलिक चिनारी हो । त्यही…