
ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी घाइते भएकालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
नेपाली सेनाको जहाजमा घाइतेहरुलाई विराटनगरबाट काठमाडौँ लगिएको हो । झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको छन् । तीमध्ये केही घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ भने केहीलाई काठमाडौँ लगिएको हो ।
Facebook Comments Box


