jhapaonline add

झापा, ३१ साउन। साउन शुक्ल तृतीयासँगै मिथिला क्षेत्रमा प्रसिद्ध झुलनोत्सव सुरु भएको छ। पर्व सुरु भएसँगै महोत्तरीसहित मिथिला क्षेत्रमा झुलागीत र भजन गुञ्जिन थालेका छन्। झुलनोत्सवमा राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्तिगीत गाउँदै झुलाउने गरिन्छ। साउन पूर्णिमाका दिन समापन हुने यो पर्व मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ। पर्वका अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर, रामजानकी तथा राधाकृष्ण मन्दिर र विभिन्न वैष्णव मठमा विशेष झुला महोत्सव आयोजना गरिएको छ। मटिहानीमा शनिबार लक्ष्मीनारायणका प्रतिमालाई डोलीमा राखेर झुलाघर पुर्‍याएपछि औपचारिक रूपमा पर्व सुरु गरिएको हो। झुला उत्सवमा मैथिल लोकलयका झुला, मलार र कजरी गीत गाउने तथा भजनकीर्तन गर्ने परम्परा छ।…

Read More

झापा, ३१ साउन। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरका चार, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ। कुल सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भएका छन्। सङ्क्रमितमध्ये एक जना सात महिनाका बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ…

Read More

झापा, ३१ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै इलाम, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म…

Read More

झापा, ३१ साउन । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका…

Read More

झापा, ३० साउन । झापाको झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा टिफरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। शनिबार साँझ करिब ५ः२० बजे बालुवा बोकेको ना ५ ख ६४९० नम्बरको टिफरले सडक पार गर्दै गरेका झापा गाउँपालिका–३ निवासी ६५ वर्षीय इशनलाल गणेशलाई ठक्कर दिएको थियो । टिफरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । उपचारकै क्रममा साँझ ६ः२० बजे चिकित्सकले गणेशलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिफर चालक झापा गाउँपालिका–३ कामटोली निवासी ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ । साइकल र टिफर घटनास्थलमै रहेको अवस्थामा प्रहरीले आवश्यक…

Read More

झापा, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा अब राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउनुभएको छ। लामो समयदेखि नेपालमा निषेधको राजनीति चल्दै आए पनि त्यसले देशलाई निकास दिन नसकेको उहाँको भनाइ छ। राप्रपाको नवलपरासी जिल्ला अधिवेशनलाई सम्बोधन गर्न शनिबार सदरमुकाम परासी पुग्नुभएका अध्यक्ष लिङ्देनले विगतमा राजा र राजनीतिक दलबीच तथा दलभित्रै पनि एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिजो राजाले दलहरूलाई निषेध गरे होलान्, दलहरूले राजालाई निषेध गरे होलान्, एउटै दलभित्र पनि एउटा गुटले अर्को गुटलाई निषेध गर्‍यो होला। तर लामो समयसम्म चलिआएको निषेधको राजनीतिले देशलाई दिशानिर्देश गर्न सकेन। अब हामी सबै एकै ठाउँमा…

Read More

भद्रपुर, ३० साउन । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान झापाको तेस्रो जिल्ला अधिवेशनले गोविन्द लम्सालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । भद्रपुर–१० स्थित वीपी चोकमा सम्पन्न अधिवेशनले उपाध्यक्ष पदमा लता कार्की, सचिवमा लवकुमार ९लावण्य० पोखरेल, सहसचिवमा शालिग्राम नेपाल र कोषाध्यक्षमा यशोदा कंडेल कोइरालालाई सर्वसम्मत चयन गरेको हो । ३ वर्षे कार्यकालको लागि गठित समिति सदस्यहरूमा क्रमशः देवेन्द्र गौतम, राजेन्द्र रिजाल, रमेश पोखरेल, मेनका शर्मा, भिमप्रसाद ढकाल, भरत प्रसाईं, धनकुमारी ९लता० खरेल, दिनेश पोखरेल, रत्नप्रसाद खतिवडा, मोहालाल राजवंशी, उत्तम राजवंशी र भिमप्रसाद गुरागांईलाई सर्वसम्मत चयन गरिएको छ ।यस अघि सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेस झापाका पुर्व उप सभापति…

Read More

ओखलढुंगा, ३० साउन । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ रहेका छन्। प्रहरीका अनुसार साउन ३० गते बिहान करिब ११ः३० बजे तामाङको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले तामाङलाई भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, ३० साउन । नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ । अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् । सहभागी टोलीको खेलतालिका सार्वजनिक हुन बाँकी छ ।

Read More

एजेन्सी, ३० साउन । इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान ५ बजेभन्दा केही अघि नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । भूकम्पका कारण पूर्वी नुसा तेन्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेन्गारा प्रान्तमा सुनामीको जोखिम रहेको जनाएको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायतका क्षेत्रमा झण्डै एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । कम्पनलगत्तै नागरिक घरबाहिर निस्किएर…

Read More