
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २७ पुस । झापाको बिर्तामोड नगरपालिका-२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज संस्थाको कार्यालयको सभाहल अन्तिम माइन्युट प्रमाणिकरण भेला भएसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो । ६ जिल्लाबाट छनोट भएका ३१ जना प्रतिनिधिले संस्थाको अन्तिम माइन्युट प्रमाणिकरण गरेका छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले पानसमा दीप प्रज्ज्वलन तथा संस्थाका संरक्षक नरनाथ गिरीले खुत्रुकेमा पैसा खसालेर साधारण सभाको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संरक्षक नरनाथ गिरीले सुझावसहित शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा सल्लाहकार केशव ओझा, देउमान थेवेले संस्थाको थप प्रगति कामना गर्नुभयो । संस्थाका कार्यकारी…
झापा, २७ पुस । झापाको मेचीनगर–१५ स्थित भगवती प्लाई फ्याक्ट्री नजिकको भित्री सडक खण्डमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार राति करिब ९ः३० बजे दक्षिणबाट उत्तरतर्फ गइरहेको रातो रंगको कारले भारतको पश्चिम बंगाल, कुचबिहार निवासी २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुबै जनालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा राति ११ः३० बजे अप्पु रायको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । गम्भीर घाइते केशव मादकलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको छ ।…
संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ। गीतमा उनलाई डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्। वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि वर्ष अगाडी चर्चामा आएकी थिइन्। उनले राजनसँग सहकार्य गरेको ‘ल्यासे पाउँ’ गीत सफल भएको थियो। केहि वर्षको अन्तरालमा सावजनिक यो गीतले टिकटकमा राम्रो क्रेज पाइरहेको छ। युट्युवमा पनि सोहि अनुसारको साथ पाउने राजनको विश्वास रहेको छ। राजुजंग बस्नेतले निर्देशन गरेको भिडियोलाई अभेसमनी बज्राचार्यले खिचेका छन्। भिडियोमा राजन र वियोन्सेको अभिनय रहेको छ ।
सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । स्वस्थ जीवनशैली कसरी अपनाउने ? यदि तपाँई धूमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ । तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ । यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ । यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवनगर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ । यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण…
रोहित काफ्ले भद्रपुर, २७ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सदरमुकाम भद्रपुरमा रहेको सरकारी स्वामित्वको मेची रंगशालाको अवलोकन–निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागिताका लागि गृह जिल्ला झापामा रहेका घिमिरेले शुक्रबार अपरान्ह मेची रंगशालाको अवलोकन–निरीक्षण गर्दै सर्वपक्षीय अवस्थाको बारेमा जानकारी लिएका हुन् । सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको सचिवालयमा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष पूर्व प्रदेशसभा सदस्य वसन्त वानियाँ, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले स्वागत गरेका थिए । सो क्रममा गोल्डकपका अध्यक्ष ढकालले सभामुख घिमिरेलाई भद्रपुर झापा गोल्डकपको आसन्न दोस्रो संस्करणको तयारी र मेची रंगशालामा आवश्यक पूर्वाधारका बारेमा जानकारी गराउँदै सहयोगका लागि…
काठमाडौँ, २७ पुस। जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् । वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ । वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदिको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा पुरानै बहावमा पुनस्थापित गर्न आवश्यक छैन, तर यसको सट्टा, खानेपानी, सिँचाइ वा ऊर्जामा मात्र केन्द्रित व्यवस्थापनभन्दा नदी तथा…
झापा, २७ पुस । पछिल्लो पाँच महिनाको अवधिमा नेपालबाट ७३ अर्ब ६६ करोडको वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ सो अवधिमा नेपालबाट कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात…
झापा, २७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। शुक्रबार एकदिन उच्च मूल्यमै स्थिर रहेको अमेरिकी डलर आज थप महँगिएको हो। अमेरिकी डलरले उच्च मूल्यको नयाँ नयाँ रेकर्ड कायम गरिरँदा अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्रा पनि आज महँगिएका छन्। बहराइन र कुवेती दिनारको मूल्य पनि विगत केही दिनदेखि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ।…
मेष : लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ। वृष : लामो समयदेखि रोकिएका कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। मिथुन : भोजभतेरमा सहभागी हुनुपर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। व्यापारबाट फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनमा ठूलो उत्साह र…
झापा, २७ पुस । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको…