
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ पुस । आफ्नै घरेलु कामदारको रुपमा राखिएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले झापाका जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटी पुर्वक्षका लागि आज जेल चलान भएका छन् । झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको झापा जिल्ला अदालतका सुचना अधिकारी रामचन्द्र बस्नेतले गोरखापत्रलाई बताउनुभयो । शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको बस्नेतले बताउँनुभयो । नगरप्रमुख शिवाकोटीसग अदालतले बयान लिएको…
झापा, २२ पुस । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित शंकराचार्य पीठ साधुटारमा आयोजना हुने सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायागको तयारी अन्तिम चरणमा पुगेको छ । महायागका लागि आवश्यक तयारीसँगै संचरना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । अतिरुद्र अभिषेकात्मक महायाग स्थल, पडाल, स्वागतद्वार, पीठ परिसरमा आवश्यक रंगरोगनसहितका पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही काम सकिएको छ भने केही पूरा हुने क्रममा रहेको छ । आज साधुटारमा जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अनन्तती विभूषित जगतगुरु श्रीरामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी शिद्ध बाबाले अवलोकन गरेका छन् । शंकराचार्य पीठको अवलोकनपछि महायोगी शिद्धबाबाले महायाग सम्पन्न गर्न सबै देशबासी लाग्नु पर्ने धारणा राख्दै…
झापा, २२ पुस । निर्माण व्यवसायी संघ झापामा सात जना सर्वसम्मत चयन भएका छन् । संघको १९ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई र तृतीय उपाध्यक्ष नयन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्याक्ष यज्ञनीति भुर्तेल र महिला सदस्य कमला थाम्सुहाङ सर्वसम्मत भएको निर्वाचन अधिकृत गोपाल थापाले बताए । संघको १६ औं अधिवेशन अन्तरगत सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने अधिकतम् प्रयास गरिए पनि अध्यक्षमा दुई, सह–कोषाध्यक्ष तीन जना र सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको छ । भोलि बिहान ८ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले…
सरोज भट्टराईशिवसताक्षी, २२ पुस । विगत लामोसमयदेखि लाग्दै आएको कनकाई माइमेला यस वर्ष गएका वर्ष भन्दा व्यवस्थित हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमा यही माग २८ गतेदेखि मेला लाग्ने भएको हो । शिवसताक्षी नगरपालिकाले वडा नं. १० को कार्यालयलाई मेला लगाउन अनुमति दिएको छ । गएको वर्षमा ठेक्का मार्फत मेला लगाउँदा मनोमानी ढंगले व्यापारीबाट ठेक्केदारले शुल्क उठाएपछि मेला नगरपालिकाले आफैँ लगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । वडाले मेलाका अवधिमा सडक र कनकाई पुलमा जाम हुन नदिन कनकाई नदिमा बैकल्पिक पुल निर्माण थालेको छ । वडा नं. १०का वडाध्यक्ष हर्क सिगुका अनुसार मेलाका लागि…
झापा, २२ पुस । निर्माण व्यवसायी संघ झापाको आगामी नेतृत्व चयनका लागि भोलि (मंगलबार) निर्वाचन हुँदैछ । १९ सदस्यीय कार्यसमितिमा ७ वटा पदमा सर्वसम्मत भए पनि १२ पदमा आकांक्षी धेरै भएपछि निर्वाचन हुन लागेको हो । संघको १६ औं अधिवेशन अन्तरगत सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने अधिकतम् प्रयास गरिए पनि अध्यक्षमा दुई, सह–कोषाध्यक्ष तीन जना र सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको छ । भोलि बिहान ८ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । व्यावसायिक हकहितका लागि संघमा आफ्नो दर्बिलो नेतृत्व र उपस्थिति जनाउन आकांक्षीहरुले उम्मेदवारी दिएसँगै यतिबेला चुनावी माहोल तातेको छ । अध्यक्षमा प्रकाशकुमार सिंह…
झापा, २२ पुस । झापाको बुद्धशान्ति निवासी युवा निमार्ण व्यवसायी गंगाप्रसाद गौतम झापामा चिरपरिचत नाम हो । उनी विगत ७ वर्षदेखि पूर्ण रुपले निमार्ण व्यवसायको कमाण्ड सम्हालेर बसेका छन् । उनी आफ्नो बुबा नेत्रप्रसाद गौतमको प्रेरणा र मार्ग दशर्नबाट निमार्ण क्षेत्रमा आबद्ध भएका हुन् । उनका बुबा झापाकै पुरानो मध्येका एक निमार्ण व्यवसायी हुन् । उनका बुबाले इलाम जिल्लामा २०५४ सालमा प्रगतिशील निमार्ण सेवा दर्ता गरेर निमार्ण कार्यमा होमिएका हुन् । उनले झापामा त्यही फर्मले २०५६ सालबाट काम गरे । बुबासँगै हिँड्ने, काम गर्ने क्रममा धेरै कुरा सिक्ने र जान्ने मौका पाए । अहिले उनै गंगाले ७ वर्षदेखि पूर्णरुपले उक्त…
झापा, २२ पुस । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम पुनः सञ्चालन गरेको छ । विविध कारणवस सञ्चालन हुन नसकेको प्रदेश प्रहरीसंग प्रमुख कार्यक्रम थप परिमार्जन सहित पुनः संचालन गरिएको हो । पुस २२ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीसंग आ(आफ्नो पिरमार्का, समस्या तथा गुनासो राखेका थिए । भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी…
भद्रपुर, २२ पुस । झापा उद्योग संघले जिल्लाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा स्वेटर वितरण गरेको छ । संघले आज सोमबार सुदूर–दक्षिणी कचनकवल–४ स्थित शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । विद्यालय परिसरमा संघका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् झापा उद्योग संघका पूर्व अध्यक्ष टिकाराज ढकाल, संघका सचिव प्रदीपमणि रेग्मी, कचनकवल गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्तोष गणेश, प्रादेशिक अस्पताल भद्रपुर…
बिर्तामोड, २२ पुस । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणधिन नगर अस्पताल भवनको आज अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गर्नु भएको हो । नगर प्रमुख प्रसाईले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले निर्माण सामाग्रीको गुणस्तरमा ख्याल गर्नसमेत सुझाब दिनु भएको छ । भवनको २०८० बैशाख ८ गते १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि काठमाडौले सम्झौता गरेर काम गरीरहेको छ ।अहिलेसम्ममा ३५ प्रतिशत काम…
झापा, २२ पुस । झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का २० बर्षीय अभिषेक कार्की, त्रियुगा-१२…