
झापा, ३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्बूलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर पञ्चावति–४ घर भइ मोरङको बुढीगंगा–२ स्थितमा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन् । चैत २ गते राति पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाइते भएका चालक राईको विराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


