jhapaonline add

झापा, १९ साउन । झापा गाउँपालिकाले आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सेवा सुरु भएपछि अब स्थानीय नागरिकले मालपोत तथा नापीसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सेवा शुभारम्भ गर्दै यसले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने बताइन्। गाउँपालिकाका अनुसार पहिलो चरणमा विद्युतीय फोटो, औंठाछाप, दस्तखत तथा ‘ल्याण्ड ओनर आइडेन्टिफिकेसन नम्बर’ भएका जग्गाको खरिद–बिक्री, राजीनामा, हकछोड तथा लिखत पारितसम्बन्धी सेवा प्रदान गरिनेछ। यससँगै अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अभिलेख अद्यावधिक तथा राजस्व संकलनलगायतका सेवासमेत गाउँपालिकाबाटै उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले…

Read More

झापा, १९ साउन । साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा दर्शन गरेका छन् । बिहानैदेखि भक्तजनको लाम लागेकाले दिनभरि धाम परिसर भक्तिमय बनेको थियो । जोशीका अनुसार यस वर्ष साउनको तेस्रो सोमबार भक्तजनको उपस्थिति अघिल्लो दुई सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ । धाममा आउने श्रद्धालुको सुविधाका लागि स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, खानेपानी,…

Read More

झापा, १९ साउन । झापामा आर्थिक वर्ष २०८२–८३ मा ६९६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा धेरै बिर्तामोडमा ५९८ जना संक्रमित फेला परेका छन्। दमकमा ४३, मेचीनगरमा २५, कमलमा १६, कनकाईमा ६, हल्दिबारीमा ५, झापा गाउँपालिकामा २ र भद्रपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो। बरालका अनुसार स्क्रब टाइफस संक्रमित किर्नाको टोकाइबाट सर्ने रोग हो। यसबाट उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पखाला, श्वासप्रश्वासमा समस्या हुने र टोकेको स्थानमा कालो दाग देखिने लक्षण देखिन सक्छन्। समयमै उपचार नभए ज्यानसमेत जोखिममा पर्न सक्ने उनले बताए। खेतबारी, झाडी तथा…

Read More

झापा, १९ साउन । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिलाई संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति–२०८३’ कार्यान्वयनमा ल्याएको छ । पूर्वाधार विकास मन्त्रालयले जारी गरेको नयाँ नीतिले एकीकृत यातायात प्रणालीको विकासमार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । मन्त्रालयका अनुसार नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायातबीच समन्वय गर्दै आधुनिक, सुरक्षित र प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षाको अभिवृद्धि, वातावरणमैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नयाँ नीतिको प्रमुख प्राथमिकता बनाइएको जानकारी दिनुभयो । सरकारले बदलिँदो प्रविधि, तीव्र…

Read More

झापा, १९ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ नमुना टोलमा आगलागी हुँदा एक परिवारको भान्सा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार सोमबार राति करिब ११ बजे गणेशलाल महत्तोको टिनको छानो र बाँसको टाटीले बनेको एकतले भान्सा घरमा चुल्होबाट आगो सल्किएर आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक देवराज दाहालको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा राति ११ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण…

Read More

झापा, १९ साउन । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागद्वारा जारी…

Read More

सिन्धुलीमाढी, १८ साउन । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी नदीमा बेपत्ता भएको कारभित्र चार जना रहेको खुलेको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरिक्षक बिजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । कार र बेपत्ता यात्रुको खोजी जारी रहेको…

Read More

काठमाडौँ, १८ साउन । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ । आज राति…

Read More

झापा, १८ साउन । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो । भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो । परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९…

Read More

झापा, १८ साउन । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८०० र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । आज सुन ८०० बढेर २ लाख ८४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Read More