jhapaonline add

काठमाण्डौ, २८ पुस । त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो । वीरगञ्जमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले १३ रन बनाए । मधेशका प्रदीप पासवानले २ विकेट लिए । दोस्रो पारीमा मधेशका मयन यादवले ४९ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । पहिलो पारीमा आर्मीले २ सय २५ रन र मधेशले १ सय २ रन बनाएको थियो । यस्तै जनकपुरमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशले दिएको १ सय…

Read More

बिर्तामोड, २८ पुस । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि तिब्ररुपमा अघि बढाएको छ । नगरले सबै वडा भित्र रहेका सडकहरुमा मर्मत कार्य अघि बढाइको हो । सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरीएको जनाईएको छ । कौशल्या बिर्ल्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको काम गरीरहेको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो । यस योजना अन्तर्गत पर्ने शनिस्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि…

Read More

धरान,२८ पुस । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरिएको हो । इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।

Read More

काठमाडौं, २८ पुस । काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान सुरू भएको हो। बयान सकिएपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए। लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो। ीबहmष् दबलपउक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए। स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको…

Read More

झापा, २८ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ। कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली…

Read More

मेष: सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला। वृष: झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ। यात्रामा मालसामान हराउन सक्छ। मिथुन: शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। स्वादिष्ट भोजन पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। कर्कट: पारिवारिक भेटघाटमा रमाइनेछ। मान प्रतिष्ठामा वृद्धि होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ।…

Read More

झापा, २८ पुस । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २(१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो। बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए। शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए। खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे। दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल…

Read More

झापा, २८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य पनि आज स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज युरो एकको खरिदर…

Read More

भापा, २८ पुस । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताउनुभयो । भोलि सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी…

Read More

झापा, २७ पुस । बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् । आज पर्न गएको छोरा सन्देशको जनदिनको अवसर पारेर अभियानलाई गौरीले ३५ हजार सहयोग प्रदान गरेका हुन् । भण्डारीका छोरा सन्देश कक्षा १० मा न्युटन्स् एजुकेशन एकेडेमीमा अध्ययनरत छन् । विगत एक दशक बढी समयदेखि सडकमा यत्रतत्र फ्याँकिएका प्लास्टिक तथा कबाडी सङ्कलन गरेर अनाथ आश्रम बनाउने अभियानमा होमिएका बिर्तामोड ६ का सामाजिक अभियान्ता तथा अभियानका अध्यक्ष गणेश ढुंगाना , अभियानका आजीवन सदस्य बीपी कोइरालालाई गौरी तथा उनका छोरा सन्देशले संयुक्त रूपमा सो रकम बराबरको चेक…

Read More