
धरान,२८ पुस । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।
शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरिएको हो ।
इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ ।
Facebook Comments Box


