jhapaonline add

धनकुटा , २६ पुस । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास(हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ बर्षिया शुक्र बहादुर तामांग र सहचालक सिरहाको लाहान ५ का २४ बर्षिया प्रमोद मल्लिक रहेका छन्। सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामांगलाई जिल्ला अस्पताल पुराउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले…

Read More

सन्तोष शर्माबनियानी, २६ पुस ः झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेको सीमा स्तम्भहरुको मर्मत कार्य शुरु भएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भमध्ये नेपाल भारत ‘बाउण्र्डी वर्किङ ग्रुप’ (बीडब्यूजी)को निर्णयानुसार सन् २०१४ पछि निर्माण भएर नेपालतर्फबाट मर्मत–सम्भार गरिने बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत कार्यको शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगी स्थित सानो सीमा स्तम्भ नं. ९५÷१२ बाट मर्मत सम्भार कार्य शुरु भइसकेको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव २ किलोमिटर अन्तरगत रहेका एक सय सात वटा…

Read More

काठमाडौं, २६ पुस । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री नगर्न सचेत गराएको छ । प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको भन्ने सूचना आएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न विभागलगे चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधि, न्युट्रास्युटिकल्सका नाममा तथा औषधि मिश्रित सौन्दर्य प्रसाधन समेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न विभागले चेतावनी दिएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधि चिकित्सकीय पुर्जामा सिफारिस हुँदा…

Read More

काठमाण्डौ , २६ पुस । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, क्यानका सचिव पारस खड्कालगायतका प्रतिनिधिले बिदाइ गरेका हुन् । १९ वर्षमुनिको महिला टोली भोलि दिउँसो मलेसिया प्रस्थान गर्नेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनावरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड…

Read More

झापा, २६ पुस । झापाको शिवसताक्षी नगरपालिका–११ बाट बिहीबार लागुऔषध ब्राउनसुगरसहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक नगरपालिका–४ फुलबारी टोलका २६ वर्षीय सरुप राई र उनको श्रीमती ३२ वर्षीया आरती मगरले लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचानाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले सोही घरमा कानुन बमोजिम रित पुर्याई घर खानतलासी लिँदा निजहरुले घर भित्र रहेको टेबल माथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ८५ मिलिग्राम, प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम फेला परेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप…

Read More

झापा, २६ पुस । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको समापन भएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको आज बिहिबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । तालिम पुष २१ गतेदेखि सुरु भएको थियो । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउंदै तालिममा सिकिएका सिपलाई व्यवहारमा उर्तान कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउंपालिका ७ का…

Read More

मेष : रमाइलो यात्राको सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ। वृष : आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ। मिथुन : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ। कर्कट : दिन कर्मप्रधान रहेको छ। रोकिएका काम पुनः सुरु हुनेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको…

Read More

झापा, २६ पुस । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो। सहकर्मीहरूका अनुसार खड्का विङ्गेटमा काम गर्थे भने भट्टले जागिरका लागि आवेदन दिने योजना बनाएका थिए। तर समाचारमा मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन। केही दिनयता हिमआँधीका कारण…

Read More

झापा, २६ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको…

Read More

झापा, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ । विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१…

Read More