jhapaonline add

दमक, २३ मंसिर । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ को औपचारिक शुभारम्भ भएको हो । प्रयोजनहीनरुपमा यो कम्प्लेस ठड्याइएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । प्रधानमन्त्रीले ओलीले भने सो कम्प्लेक्सले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् । दीर्घकालका लागि सो कम्प्लेक्सले दमक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भनेर दाबी गरिरहँदा आलोचना गर्नेहरूले भने कम्प्लेक्स नचल्ने दाबी गर्दै आएका छन् । आज उद्घाटन भएको कम्प्लेक्स पूर्वपश्चिम मुख्य…

Read More

सरोज भट्टराईशिवसताक्षी, २३ मंसिर । झापाको शिवसताक्षीमा हुन गइरहेको मिनीमेला सहितको चासोक तङनाम पर्वको तयारी पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा भोली मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाउने तयारी पुरा भएको आयोजकले जनाएको छ । चासोक तङनाम पर्वको लागि मौलिक घर निर्माण, मेलाका खेलहरुको सम्पूर्ण तयारी भएको आयोजक किराँत याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले विगत वर्षहरुमा हामीले एक तले मौलिक घर निर्माण गर्दै आएकोमा यस पल्ट २ तले निर्माण गरिएको जानकारी दिए । पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा…

Read More

झापा, २३ मंसिर । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो । त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा…

Read More

झापा, २३ मंसिर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टाछुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कनकाई नगरपालिका–८ लक्ष्मिपुर स्थित पुर्व पश्चिम लोकमार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ति गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको थियो । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–६ स्थित पुर्व पश्चिम लोकमार्गमा स्थानिय ९३ बर्षीय अमर बहादुर अधिकारीलाई नम्वर नखुलेको सवारी साधनले ठक्कर दिदा घाईते भई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्याखउनासाथ उनको मृत्यु भएको थियो । हरीनगर गाउँपालिका–४ स्थित भित्री…

Read More

बुद्धशान्ति, १२ मंसिर । सदाचार‌, निष्पक्षता र‌ निर्भिकता मुल मन्त्र बनाएको‌ अख्तियार‌ दुरुपयो‌ग अनुसन्धान आयो‌ग ईटहर‌ीका कार्यालय प्रमुख (सह–सचिव) सुर‌े‌श न्यौ‌पाने‌ले‌ भ्रष्टाचार‌ नियन्त्रणको‌ पहिलो‌ दायित्व सम्बन्धित निकायकै‌ भएको‌ बताएका छन् । झापाको‌ बुद्धशान्ति गाउँपालिकामा आयो‌जित एक कार्यक्रममा सहभागीहरुका जिज्ञासा तथा प्रश्नलाई सम्बो‌धन गदैर्‌ उनले‌ जनप्रतिनिधि, कर्मचार‌ी, उपभो‌क्ता समितिमा तथा विभिन्न संघसंस्थामा बसे‌र‌ काम गनेर्‌ वा सार्वजनिक स्रो‌तसाधनको‌ प्रयो‌ग गर‌े‌र‌ काम गनेर्‌ जो‌ को‌हिले‌ पनि भ्रष्टाचार‌ सम्बन्धित क्षे‌त्रको‌ ऐ‌न, नियम पूर्ण परि‌पालना गर्नुपनेर्‌मा जो‌ड दिएका हुन् । आयो‌गको‌ नियमित कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिका र‌ पालिका भित्रका सर‌ो‌कार‌वाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अन्तर‌क्रिया गर‌े‌को‌ छ । कार्यालयले‌ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचार‌ी, विद्यालय तथा वन समूह र‌…

Read More

झापा, २३ मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल सुरु हुनेछ । पहिलो खेल जनकपुर बोल्ट्स–लुम्बिनी लायन्स र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स–चितवन राइनोज बीच हुनेछ ।

Read More

झापा, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।…

Read More

झापा, २३ मंसिर । कैलालीको भजनीबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच…

Read More

ताप्लेजुङ, २३ मंसिर । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले रु तीन लाख दुई हजार ८१ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको रेड डेभिल्सले रु एक लाख ५१ हजार ८१ नगदसँँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले पुरस्कार वितरण गर्नुभयो ।…

Read More

झापा, २३ मंसिर । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले आइतबार आज साँझदेखि मौसम बदली हुने जानकारी दिएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको जानकारी दिएको हो । जुन प्रणालीको प्रभावका कारण आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी…

Read More