
झापा, २३ मंसिर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टाछुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
झापा कनकाई नगरपालिका–८ लक्ष्मिपुर स्थित पुर्व पश्चिम लोकमार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ति गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–६ स्थित पुर्व पश्चिम लोकमार्गमा स्थानिय ९३ बर्षीय अमर बहादुर अधिकारीलाई नम्वर नखुलेको सवारी साधनले ठक्कर दिदा घाईते भई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्याखउनासाथ उनको मृत्यु भएको थियो ।
हरीनगर गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा को। १ ख ६४३१ नम्बरको टिफरको ठक्करबाट साईकल यात्री देवानगंज गाउँपालिका(७ का ५० बर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको थियो भने उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा बा.प्र.०१–००६ ख ५८७१ नम्बरको हाईस गाडीको ठक्करबाट घाईते भएका पैदल यात्री त्रियुगा नगरपालिका–११ का ५५ बर्षीय परनसेर राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।


