jhapaonline add

झापा, १५ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा…

Read More

कनकाई, १४ कात्तिक । होटल डिलाइट र अमेरिकी भूतपूर्व सैनिक आशिष संग्रौलाद्वारा यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वडास्तरीय दसैंतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई वडा नं. ३ ले जितेको छ । आज फाइनल खेलमा ३ नम्बरले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कनकाई–३ ले नगद ७१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजयी ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझाएको छ । कनकाई–३ को लागि आज पनि क्षितिज कुँवर नायक बने । खेलेका सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले आज पनि आफ्नो टिमका लागि खेलको १९ औं मिनेटमा गोल गर्दै टिमलाई बिजयी…

Read More

झापा, १४ कात्तिक । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल फेरि एक पटक उपाधिको नजिक पुगेर चुकेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग १–२ गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा बंगालदेशले नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको थियो ।

Read More

झापा, १४ कात्तिक । जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ । बुलेटिनमा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ । बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । उक्त…

Read More

झापा, १४ कात्तिक । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ । डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको…

Read More

सरोज भट्टराईशिवसताक्षी । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणका काम सुरु हुने भएको छ । मंगलबार शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो । वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री मधेशका प्रमुख शहरहरु धरान, गाइघाट, सिन्दुलीमाढी हेडौडा, भरतपुर, तम्घास, घोराई, तानसेन सुर्खेत हुँदै डडेलधुरासम्म हुने आयोजनाले जनाएको छ । हाल चुलाचुलीको कमल खोलासम्म सडक निर्माणका काम सुरु भएपनि कमलदेखि माइनगरपालिका सम्म…

Read More

झापा, १४ कात्तिक । झापाको दमकमा पटका पड्काउने क्रममा बालक घाइते भएका छन् । हिजो साँझ ५ बजे झापाको दमक नगरपालिका–६ निवासी ६ वर्षीय विद्यम अग्रवाल पटका पड्काउने क्रममा अनुहारमा चोट लागेर घाइते भएका हुन् । उनलाई तुरुन्तै उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भारतको सिलगुडी रेफर गरिएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ कात्तिक । आज काग तिहार । काग तिहारको अवसरमा ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे) ले काठमाडौंको नारायणहिटी अगाडि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए । कागसँग उसको भाषा बुझेर, कागको स्वभावअनुसार बोलाउँदा कागलाई भेला गर्न सकिने उनले बताए । कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका…

Read More

झापा, १४ कात्तिक । देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी…

Read More

झापा, १४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल…

Read More