jhapaonline add

झापा, २९ कात्तिक । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए । दुर्घटनामा नारायण नगरकोटिको मृत्यु भएको हो। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । मोटरसाइलको पछाडि बसेकी मृतक नगरकोटिका श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् ।

Read More

झापा, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १९ पैसा कायम गरिएको…

Read More

झापा, २९ कात्तिक । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम…

Read More

झापा, २८ कात्तिक । सशस्त्र प्रहरी बल नेपालले आज भारतबाट अबैध बाटो हुँदै नेपाल प्रवेश गर्दै गरेको बंगलादेशी नागरीकहरुलाई नियन्त्रणमा लिई अध्यागमन कार्यालय काँकडभिट्टा झापामा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको डिउटी टोलीले बंगलादेशी नागरीकहरुलाई नियन्त्रणमा लिएको हो । झापा मेचीनगर नगरपालिका–७ गैरीगाउँ र भारततर्फ जिल्ला दार्जिलिङ्ग रानिगंज पञ्चायत २७ पानीट्याङ्की सीमा इलाकाबाट सशस्त्र प्रहरी हबल्दार सत्यनारायण राजवंशीको कमाण्डमा खटिएको सीमा पिकेट डिउटीले भारतबाट सीमा इलाकाको अबैध बाटो हुँदै नेपालतर्फ प्रबेश गर्दै गरेको अवस्थामा बंगलादेश घर बताउने २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन नियन्त्रणमा लिएर अध्यागमनमा बुझाएको हो । उनीहरुमाथि शंका…

Read More

झापा, २८ कात्तिक । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । आज दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पु९याए । वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन । तर दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जङ्गल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस…

Read More

तेह्रथुम, २८ कात्तिक । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो । तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो…

Read More

सरोज भट्टराईशिवसताक्षी, २८ कात्तिक । झापाको शिवसताक्षीको दूधेमा निर्माणधिन नगर स्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । हाल रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । रंगशााला चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य लिएको शिवतसाक्षी नगरपालिकाले जनाएको छ । प्याराफिटको काम सम्पन्न भएपछि एकै पटक २५ हजार दर्शकले खेलको हेर्न सक्ने छन् । पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुद प्रेमीको भावना अनुसार स्थानीय र केन्द्रिय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको छ । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला…

Read More

झापा, २८ कात्तिक । झापाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका सञ्चालनमा आएको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा आएको हो । करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन वर्षे कार्ययोजना बनाएर झापाका १५ वटै पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच,…

Read More

कञ्चनपुर, २९ कात्तिक । उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ ।साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ ९बिसिएन० का सदस्य हिरुलाल डगौराले बताउनुभयो । कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो । विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताउनुभयो । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा…

Read More

झापा, २८ कात्तिक । प्रतिनिधिसभाका सांसदहरुले सहकारी नियन्त्र र नियमनका लागि संघीय सरकारअन्तर्गत शक्तिशाली निकाय गठन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरुले सहकारी क्षेत्रको लेखा परीक्षण र नवीकरण प्रणाली नहुँदा बचतकर्ताहरू पीडित हुनुपरेको भन्दै तत्काल सहकारी ऐन संशोधन गर्न सरकारसँग माग गर्नुभयो । बचतकर्ताको सहकारीहरूमा डुबेको रकम सरकारले अपचलन गर्नेबाटै असुलेर फिर्ता गर्नुपर्नेमा जोड दिँदै सांसदहरुले सहकारीमार्फत ठगी गर्नेलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Read More