
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुनसरी, २३ असोज । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१–००१ च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका(२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका–६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २३ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ । बाँकी…
पाँचथर, २३ असोज । पाँचथरको हेवा खोलामा डाइभर्सन बनेसँगै गाडी सञ्चालनमा आएको छ । मेची राजमार्गको हेवाखोलामा डाइभर्सन, रमिते पहिरो पन्छाउनका साथै माइखोलामा बाटो बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिनुभयो । गत असोज १२ गते अविरल वर्षसँगै आएको बाढीले बेली ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो । साना तथा ठुला गाडीको लागी हृयुम पाइप ओछ्याएर डाइभर्सन बनाइएको हो ।
भद्रपुर, २३ असोज । झापाको भद्रपुर-८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चौंकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ । करिव ९ लाख लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् । मेची अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर वि सं २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा निर्माण गरिएको प्रतिक्षालय जिर्ण रूपमा रहिरहेकै अवस्थामा मेची राजमार्गको स्तर उन्नति भएपछि भत्काइएको थियो । प्रतिक्षालय भत्किएपछि भद्रपुर ८ नम्वर वडा कार्यालयको समन्वयमा नगरपालिकाले गत वर्ष ८ लाख रकम विनियोजन गरेपछि कलाकार सञ्जय प्रधानको नेतृत्वमा बहुकलात्मक चौतारो निर्माण थालिएको थियो…
झापा, २३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक…
झापा, २३ असोज । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका…
रामेछाप, २३ असोज । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ भने बसका चालकलाई…
झापा, २३ असोज । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ…
झापा, २३ असोज । हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र…
भद्रपुर, २२ असोज । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गरेका छन् । कन्काई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र (राजवंशी संग्रहालय) मा एक कार्यक्रमका बीच प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सो पुस्तक विमोचन गरेका हुन् । राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको उक्त पुस्तकको विमोचनमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशी लगायत सहभागी थिए । राजवंशी समाज विकास समितिद्वारा असोज २२ गते आयोजित सो कार्यक्रममा २०८१ सालको जात्रा पावनीको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको संजीव प्रधानले जानकारी दिए । त्यस अघि असोज २१ गते…