
सुनसरी, २३ असोज । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।
असोज २२ गते अपरान्ह मधेश प्र.०१–००१ च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका(२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका–६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box


