
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ३ असोज । बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बुधबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका एक÷एक जना गरी ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिब…
झापा, ३ असोज । प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कटु आलोचक मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । मेडिकल व्यवसायी प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गर ेको बताइएको छ । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगार्डका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंसँग पक्राउ गर्न…
झापा, ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । विदेशस्थित…
झापा, ३ असोज । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी,…
बनियानी, २ असोज । ताराबन युवा परिवार कचनकवल–७ को आयोजनामा प्रथम तारावन कप अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी असोज १४ गतेबाट शुरू हुने भएको छ । झापा जिल्लाका १२ वटा क्लबहरूको सहभागिता रहने यस प्रतियोगितामा प्रथम पुरस्कारको राशी ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ रहेको आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। प्रतियोगिताका खेलहरू दीपज्योति सामुदायिक वनको खेल मैदानमा हुने छन् । खेलको उद्देश्य समाजमा लागु दुर्व्यसनको न्यूनीकरण गर्न ध्यान केन्द्रित गर्नु रहेको आयोजक समितिले जनाएको छ। खेल समितिका अध्यक्ष सरण राई र सचिव दिलबहादुर पौडेलले प्रतियोगिताले खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै सकारात्मक परिवर्तन ल्याउने…
शिवसताक्षी, २ असोज । नेपाल आदिबासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्य समिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा चौधौ स्थापना दिवस सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा कार्यक्रम गर्दै नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको हो । मेन्याङबोलाई योगदानमा आधारित सम्मान पत्र प्रदान गरिएको संस्थाका अध्यक्ष भोजराज तामाङले जानकारी दिए । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु भएको कार्यक्रममा अधिकांश बक्ताहरुले राज्यले दृष्टिविहीनहरुलाई उपेक्षा गरेको बताए । कार्यक्रममा बोल्दै संस्थाको कोषाध्यक्ष अविरल लिम्बुले कम्तिमा पनि दृष्टिविहीनहरुलाई सरकारले रातो कार्डको व्यवस्था गर्नु पर्ने बताए । हाम्रो हात खुट्टा…
बिर्तामोड, २ असोज । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सामाजिक उत्तरदायित्व पूरा गर्न व्यापारी व्यवसायीलाई सुझाएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडस्थित एनएमसीको सभाहलमा आयोजित संविधानले प्रत्याभूत गरेको खाद्य स्वच्छता, सुरक्षा र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै प्रजिअ बास्तोलाले यस्तो सुझाव दिएका हुन् ।‘पैसा आउँछ भनेर जे पनि नबेच्नु होस्’–उनले भने–ब्यापारी–व्यवसायीको पनि सामाजिक उत्तरदायित्व त छ नी, त्यो पूरा गर्नुहोस् ।’ जवाफदेही सरकारी निकायका प्रमुख, उपभोक्ता, तरकारी तथा फलफूल व्यवासायी, विक्रेता, होटल व्यवसायी, बेकरी व्यवसायी, उपभोक्ता अभियान्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीले खाद्यवस्तुमा हुने मिसावट, कालाबजारी, कार्टेलिङ, कृषि तथा पशुजन्य उत्पादनमा…
बिर्तामोड, २ भदौ । झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । आज बिर्तामाड भएको अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा संस्थाले दुई जना पत्रकार, चार जना शेयर र दुई वटा सदस्य सेवा केन्द्रलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाले पत्रकार विष्णु पौडेल र प्रदीप परियारलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजस साह, विरबहादुर राई र फुलमाया तामाङलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा केन्द्रका रुपमा सदस्य सेवा केन्द्र धुलाबारी र…
झापा, १ असोज । राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् । पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए । गत साउनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनी मिस नेपाल वर्ल्ड–२०२४ विजयी भएकी थिइन् ।
झापा, १ असोज । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गर्नु भएको थियो । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच…