
बनियानी, २ असोज । ताराबन युवा परिवार कचनकवल–७ को आयोजनामा प्रथम तारावन कप अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी असोज १४ गतेबाट शुरू हुने भएको छ ।
झापा जिल्लाका १२ वटा क्लबहरूको सहभागिता रहने यस प्रतियोगितामा प्रथम पुरस्कारको राशी ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ रहेको आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। प्रतियोगिताका खेलहरू दीपज्योति सामुदायिक वनको खेल मैदानमा हुने छन् ।

खेलको उद्देश्य समाजमा लागु दुर्व्यसनको न्यूनीकरण गर्न ध्यान केन्द्रित गर्नु रहेको आयोजक समितिले जनाएको छ। खेल समितिका अध्यक्ष सरण राई र सचिव दिलबहादुर पौडेलले प्रतियोगिताले खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
Facebook Comments Box


