jhapaonline add

झापा, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने…

Read More

भद्रपुर, ११ असार । नेपाल चिया उत्पादक संघले चिया उद्योगहरू पुनः सञ्चालन गर्ने तथा यसअघि घोषणा गरिएका बन्दका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर ९एसओपी० का कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएपछि चिया उद्योग गम्भीर संकटमा परेको उल्लेख गरेको छ। यस विषयमा सरकारको ध्यानाकर्षण गराउन उद्योगीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। संघका अनुसार चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न नेपाल सरकारले विशेष कार्यदल गठन गरेको छ। साथै, चिया किसान र उद्योगीका समस्याबारे छलफल तथा समाधानका लागि सरकारले सकारात्मक पहल थालेको…

Read More

झापा, ११ असार । वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ। पूर्वी तराईको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला झापाको कूल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर रहेको छ । तर वन क्षेत्र भने १८ हजार ६५ हेक्टरमा मात्र सीमित छ। यो जिल्लाको कूल भूभागको ११।२४ प्रतिशत हो । वन क्षेत्रको यो अनुपात राष्ट्रिय औसतभन्दा कम रहेको छ । आन्तरिक बसाइँसराइका कारण…

Read More

झापा, ११ असार । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवा खोला पुल नजिक आज साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको मिक्स गिट्टी बोकेको ट्रिफरले पैदलयात्री बिर्तामोड–३ निवासी किशोर चापागाईंकी १० वर्षीया छोरी अनुकृति चापागाईंलाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी अनुकृतिलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको भए पनि चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रिफर…

Read More

अर्जुनधारा, ११ असार । झापाको अर्जुनधारा नगरपालिकाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान र पुरस्कृत गरेको छ । नगरपालिकाको सभाहालमा आज आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान र पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, विशिष्ठ अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरूलाई सम्मानित एवं पुरस्कृत गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक सत्र २०८१ तथा २०८२ मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान गरिएको छ । २०८२ सालको कक्षा-८ मा ३.८८ जीपिए ल्याउने सिंहदेवी माविका ओमविक्रम न्यौपाने र लक्ष्मी माविका हृदयेन्द्र किरण नेपाललाई सम्मान गरिएको छ। त्यसैगरी, २०८१ सालको एसइइ…

Read More

झापा, ११ असार । झापामा नवजात शिशुको हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार परिवर्तित वतन जिल्ला ०४-४-१६ (ग) स्थित खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा पीडित युवती (K.1) ले आफ्नै बुवाले जबर्जस्ती करणी गरी बच्चा जन्माएको र बुवाकै सल्लाहमा नवजात शिशुको शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्। उक्त घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजतलास गर्दा प्रतिवादी फरार रहेका थिए। प्रहरीको प्राविधिक अनुसन्धान तथा…

Read More

बिर्तामोड, ११ असार । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आय(व्यय विवरण प्रस्तुत गर्नुभएको हो । प्रस्तावित बजेटमा आन्तरिक स्रोत, संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदानलाई आयको स्रोतका रूपमा समेटिएको छ । बेरुजु असुलीबाट प्राप्त हुने सात लाख रुपैयाँसमेत आयमा गणना गरिएको छ । नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरेको छ । प्रशासनिक खर्चका लागि २४ करोड ४०…

Read More

झापा, ११ असार । जङ्गली हात्तीको दिनहुँ आक्रमणबाट प्रभावित मेचीनगर नगरपालिकाको वडा नं १, २, ३ र ४ स्थित बाहुन डाँगी क्षेत्रका बासिन्दाले जीवन रक्षाको माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरिएको सामूहिक हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको हो । उक्त ज्ञापनपत्रमा चार वटा वडाका १२ हजार बासिन्दाको हस्ताक्षर सङ्कलन गरिएको छ । ज्ञापन पत्रमा भारतबाट दिनहुँ भित्रिने जङ्गली हात्तीको प्रवेशलाई बिनाशर्त रोक्नुपर्ने, मानव बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीलाई उसको बास स्थानतर्फ फर्काउन रबरको गोली प्रयोग गरिने पर्ने, मेची किनारदेखि कोशी टप्पुसम्मको प्रस्तावित हात्ती करिडर परियोजना खारेज गरिनुपर्ने र हात्तीको आतङ्कलाई जोडेर पर्यटन प्रवर्द्धनको…

Read More

झापा, ११ असार । आज ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशी पर्व श्रद्धापूर्वक मनाइँदैछ। भगवान् नारायणको पूजा, गङ्गा तथा पवित्र नदीमा स्नान, उपवास र तुलसी दल अर्पण गर्ने परम्परा रहेको छ । शास्त्रअनुसार आज पूर्ण उपवास गरी जल वा सर्बतले भरिएको घडा दान गर्नाले श्रीहरिको विशेष कृपा प्राप्त हुन्छ। भक्तजनले अन्न, वस्त्र, गौ, जल, शय्या, आसन, कमण्डलु तथा छाता दान गर्ने चलन छ । तुलसीलाई देवी स्वरूप मानिने भएकाले तुलसी दल अर्पण गर्दा विष्णुको कृपा प्राप्त हुने विश्वास छ। निर्जला व्रत बस्नाले पाप क्षय, मनोकामना पूर्ति र आध्यात्मिक उन्नति हुने धार्मिक मान्यता रहेको छ ।

Read More

काराकास, ११ असार (एजेन्सी) । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो। ‘सेस्मिक डब्लेट’ भनिएको उक्त घटनापछि पुएर्टो रिको र अमेरिकी भर्जिन टापुका लागि जारी गरिएको सुनामी चेतावनी पछि खारेज गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको काराबोबो राज्यको मोन्टालबान नगरपालिका क्षेत्रमा रहेको थियो। १३.२ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण काराकाससहित विभिन्न क्षेत्रमा धक्का महसुस भए पनि क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन। यसअघि सन् २०१८ मा भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

Read More