
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ असोज । झापाको बिर्तामोडमा दुर्घटनामा घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बिर्तामोड–१० ठुटेबरस्थित बिर्ताबजारबाट सैनिकबजार तर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड–१० का २७ वर्षीय अनिस न्यौपाने र मोटरसाइकल पछाडी सवार सोही स्थानका ३८ वर्षीय टिकाराम राय घाइते भएका थिए । उनीहरुको बीएण्डसी अस्पताल उपचार भइरहेकोमा आज दिउँसो मोटरसाइकल चालक न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, १४ असोज । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सा निर्णय गरेको हो । बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका हुन् । उनले समितिले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको बताए । समितिले मनसुनजन्य विपद्का कारण मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विगत तीन दिनदेखिको भारी वर्षातका कारण…
झापा, १४ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट सवारीसाधन चल्न थालेका छन्। कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए।। प्रजिअ मग्रातीले भने, “कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो। आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ।” कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा…
झापा, १४ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए । यस्तो छ साइत
झापा, १४ असोज । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको…
झापा, १४ असोज । गत असोज ११ गते खोलाले बगाएर बेपत्ता बनाएकी झापा कचनकवल गाउँपालिका–१ की एक किशोरीको शव फेला परेको छ । कचनकवल–१ चमरभित्ता स्थित चमरभिट्टाबाट झकुवा टोल आउँदै गरेको सोही स्थानकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । आइबार दिउँसो चमरभिट्टास्थित जमुना खोलाको बीचमा घोप्टो परी मृत अवस्थामा उनको शव फेला परेको हो ।
झापा, १४ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
झापा, १३ असोज । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ७ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको छ । असोज ११ गते दिउँसो झापा कचनकवल गाउँपालिका–१ चमरभित्ता स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेको सोही स्थानका पञ्चु राजवंशीको १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएर बेपत्ता भएकी थिइन् । उनको शव आज दिउँसो कचनकवल गाउँपालिका–१ चमरभिट्टास्थित रहेको जमुना…
चारपाने, १३ असोज । भारती बन्धु एकता समाज नेपालले प्रतिभाशाली ब्यक्तित्व एवम् जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले आज (आइतवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित प्रथम झापा जिल्ला भारती बन्धु भेला साथै दशैं तिहार शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी आठ जना भारती बन्धुहरुका प्रतिभाशाली ब्यक्तित्व एवम् आठ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सोही भेलाले झापामा नयाँ नेतृत्वसमेत चयन गरेको छ । सम्मानीत हुनेमा डा. सोनु भारती, बालगायक अश्विन भारती, जनप्रतिनिधि राजुजंग भारती, पूर्व वडाध्यक्ष ध्यानबहादुर भारती, जनप्रतिनिधि सुशिला गिरी भारती, कमल भारती, प्रेम भारती, ज्ञानबहादुर भारती, जनप्रतिनिधि सूर्यमान भारती छन् । त्यसैगरी भारती बन्धुका ७५ बर्षमाथिका…
भद्रपुर, १३ असोज । भद्रपुर रनमा यस पटक भद्रपुरभन्दा बाहिरका खेलाडीले विजेता भए पनि पुरस्कार नपाउने भएका छन् । आयोजक समितिले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार रनमा जो सुकैले भाग लिए पनि पदक तथा पुरस्कार जित्न भद्रपुरकै बासिन्दा हुनु पर्ने नीति तय गरिएको हो । महिलाका लागि ६.१ किमी र पुरूषका लागि ८.८ किमी दौडनु पर्ने रूट तय गरिएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालय मूल आयोजक रहेको भद्रपुर रनमा महिला र पुरूषका लागि समान पुरस्कार प्रथम हुनेले नगद ३१ हजार र प्रमाणपत्र पाउने छन् भने दोश्रोका लागि २१ हजार, तेश्रो ११ हजार, चौथो ५ हजार पाचौं २…