
झापा, २२ पुस । निर्माण व्यवसायी संघ झापामा सात जना सर्वसम्मत चयन भएका छन् ।
संघको १९ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई र तृतीय उपाध्यक्ष नयन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्याक्ष यज्ञनीति भुर्तेल र महिला सदस्य कमला थाम्सुहाङ सर्वसम्मत भएको निर्वाचन अधिकृत गोपाल थापाले बताए ।
संघको १६ औं अधिवेशन अन्तरगत सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने अधिकतम् प्रयास गरिए पनि अध्यक्षमा दुई, सह–कोषाध्यक्ष तीन जना र सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको छ । भोलि बिहान ८ः३० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
Facebook Comments Box


