jhapaonline add

झापा, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देशमार्फत् अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताए । सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्दै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको बताए। ुसङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति,…

Read More

बुद्धशान्ति गाउँपालिकाको नदीजन्य पदार्थहरुको‌ विक्री कार्यका लागि नगदी र‌सीदको‌ प्रयो‌ग सम्बन्धमा सार्वजनिक सूचना !

Read More

देवेन्द्रकिशोर ढुङ्गाना नेपाली भाषा हाम्रो गौरव हो।नेपाली भाषाको स्थिति राम्रो छ।नेपाली भाषाको लागि प्रेम बढाऔ ।संसारभर नेपाली भाषा फैलाऔ । नेपालले नेपाली भाषा जान्यो ।नेपाली भाषाले नेपाललाई स्वीकारोनेपाली भाषालाई राष्ट्रभाषा बनायो ।नेपालीभाषाले राष्ट्रलाई विश्वमा चिनायो। नेपाली भाषा हर पल मेरो साथमा छ।उनी यति सरल बोल्छिन् ।मायाले मन पग्लिन्छ।कागजमा कसरी लेख्ने ? यसमा सबै कुरा उपलब्ध छ।रामायण, महाभारत पनि आउँछ।यसमा वेद र पुराण पनि पाइन्छ ।सम्पूर्ण संस्कृति मनपर्छ। नेपाली भाषाको पहिचान बनाऔ ।हामी यसलाई संसारमा फैलाऔ ।हामी संस्कृतिको प्रवद्र्धन गर्छौ ।आफ्नो भाषाबाट भेदभाव हटाऔ । कति सुन्दर लाग्छ जिन्दगी ।मलाई मनमा मीठो लाग्छ।नेपाली भाषा अपनाएर नेपाल ।हाम्रो नेपाल सुन्दर शान्त बिशाल…

Read More

बिर्तामोड, ३ असोज । बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । ‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४…

Read More

बिर्तामोड, ३ असोज । बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बुधबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका एक÷एक जना गरी ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिब…

Read More

झापा, ३ असोज । प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कटु आलोचक मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । मेडिकल व्यवसायी प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गर ेको बताइएको छ । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगार्डका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंसँग पक्राउ गर्न…

Read More

झापा, ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । विदेशस्थित…

Read More

झापा, ३ असोज । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । “आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी,…

Read More

बनियानी, २ असोज । ताराबन युवा परिवार कचनकवल–७ को आयोजनामा प्रथम तारावन कप अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी असोज १४ गतेबाट शुरू हुने भएको छ । झापा जिल्लाका १२ वटा क्लबहरूको सहभागिता रहने यस प्रतियोगितामा प्रथम पुरस्कारको राशी ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ रहेको आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। प्रतियोगिताका खेलहरू दीपज्योति सामुदायिक वनको खेल मैदानमा हुने छन् । खेलको उद्देश्य समाजमा लागु दुर्व्यसनको न्यूनीकरण गर्न ध्यान केन्द्रित गर्नु रहेको आयोजक समितिले जनाएको छ। खेल समितिका अध्यक्ष सरण राई र सचिव दिलबहादुर पौडेलले प्रतियोगिताले खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै सकारात्मक परिवर्तन ल्याउने…

Read More

शिवसताक्षी, २ असोज । नेपाल आदिबासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्य समिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा चौधौ स्थापना दिवस सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा कार्यक्रम गर्दै नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको हो । मेन्याङबोलाई योगदानमा आधारित सम्मान पत्र प्रदान गरिएको संस्थाका अध्यक्ष भोजराज तामाङले जानकारी दिए । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु भएको कार्यक्रममा अधिकांश बक्ताहरुले राज्यले दृष्टिविहीनहरुलाई उपेक्षा गरेको बताए । कार्यक्रममा बोल्दै संस्थाको कोषाध्यक्ष अविरल लिम्बुले कम्तिमा पनि दृष्टिविहीनहरुलाई सरकारले रातो कार्डको व्यवस्था गर्नु पर्ने बताए । हाम्रो हात खुट्टा…

Read More