jhapaonline add

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरको सभाहलमा आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो । कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पस्तिका सार्वजनिक गरेका हुन् । नगरले यसअघि नै आर्थिक बर्ष २०८१/०८२ का लागि नगरका सवै क्षेत्रलाई समेटेर एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो । नगर उप–प्रमुख संगौलाले अर्जुनधारा नगर, बुद्धशान्ति…

Read More

झापा, २७ भदौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै…

Read More

झापा, २७ भदौ । कोशी प्रदेशमा ट्रायल पास गरे लगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारदेखि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी सवारी अनुमतिपत्र वितरण सुरु गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सेवाग्राहीलाई औपचारिक रुपमा सवारी अनुमतिपत्र वितरण गर्दै उद्घाटन गर्नुभयो । उहाँले आवश्यक व्यवस्था मिलाउन केही दिन समय लाग्ने बताउँदै भन्नुभयो, “राहदानी जस्तै सवारी अनुमतिपत्र पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर…

Read More

झापा, २७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा…

Read More

राजेश ढुंगानाहोएउटा क्रान्ति योद्धाको मृत्यु तयात्राको सुरुवात होजीवनकोउ म¥यो, म¥यो रजसलाई मार्नेतिम्रो जीवन भरिकोअसम्भव भएको सपना थियो तिमीलाईचिच्याई चिच्याईभन्छु दुत्कार्दैकि एउटाक्रान्ति, पुरुषको मृत्यु तयात्राको समाप्ति होइनसुरुवात पो हुन्छअनन्त जीवनको तिमीलेउसलाई मार्न२००७ फागुन ७ लाईपात्रोबाटसधै सधैका निम्तिहटाउन सक्नु पर्छसैनिककासंगीनले सबैलाईमार्न सक्दैनमान्छेका मनमायो श्रृष्टि रहुन्जेलबसिसकेकोउसलाई मार्नआस्था र विश्वासलाईमार्न सक्नु पर्छमान्छेको मन र मुटुमात्यसैलेम निर्धक्क भन्न सक्छुउ बाँच्छयुग युगसम्मनेपाली मुटुको धड्कन भएरतानाशाहहरुको लागिमृत्युकोनिमन्त्रणा भएरहो,एउटा क्रान्ति योद्धाकोमृत्यु तउसले थालेकोयात्राकोसमाप्ती होइननयाँ यात्राको सुरुवात होकहिले नसकिनेनयाँ र थप यात्राको ।(प्रस्तुत कविता जननायक वी.पी. कोइरालाको निधन २०३९ साउन ६ गते लेखिएको हो । जो प्रकाशित भएको थिएन । राजेश ढुंगाना)

Read More

सरोज भट्टराईशिवसताक्षी, २६ भदौ । झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग लगाउन सुरु गरिएको हो । नगरले आन्तरिक तथा बाहिय पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखाका जाने माइधरमा नयाँ गेट समेत निर्माणको चरणमा रहेकोे नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले दोमुखाको मुख्य क्षेत्रमा ढुंगा इटा प्रयोग गरेर भौतिक संरचना बनाउन नहुने बताए । दोमुखालाई प्राकृतिकरुपमा सुन्दर बनाउन लागि परेका छौं । उनले भने, सडक बत्ती, दोमुखा क्षेत्र भित्र झिलमिली बत्ती जडान गरी…

Read More

कनकाई, २६ भदौ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा अन्तरगत चौथो इकाइगत साधारण सभा आज सम्पन्न भएको छ । झापाको सुरुङ्गामा संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कनकाई नगरपालिका–२ का अध्यक्ष बलराम राईको प्रमुख आतिथ्यमा इकाइगत साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्ट सदस्यलाई सम्मान गरिनुका साथै उपचार सहायता रकम प्रदान गरिएको छ । इकाइगत अन्तरगत रहेका अनिल ठाकुर, बब्लु तामाङ र सावित्रा थेवेलाई उत्कृष्ट सदस्यका रुपमा नगद ५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै, सदस्य धनराज राईकी श्रीमती आइतकुमारी राई १८ हजार, माया गुरुङ तामाङलाई २० हजार ८५५ र सोभा विष्टलाई १८ हजार ८३२…

Read More

बिर्तामोड, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो । बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष झापा आउन लाग्नु भएको बताए । अनारमनी नगरोन्मुख गाविसका पूर्व उपाध्यक्ष समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाको नेतृत्वमा करिब ४ सय जना माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको एक…

Read More

प्रकाश उप्रेतीझापा, २६ भदौ । झापाको मेचीनगर–१४ की चेली तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । सिड्निदेखि केही दुरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दीक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार ‘एभरेस्ट बुचरी’मा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही ‘बुचरी’ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो ।…

Read More

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिने निर्णय भएको छ । तर लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेताको रूपमा बोल्न दिने निर्णय कांग्रेस संसदीय दलको बैठकले गरेको छ । यसअघि संसद्को रोष्ट्रममा लामिछानेलाई कांग्रेसले रोक्दै आएको थियो । २ चैत २०८० मा राजनीतिक दलसम्बन्धी ऐन पेस गर्न सभामुखले समय दिंदा कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी नै गरेको थियो । त्यसपछि पनि पटक–पटक लामिछानेले संसद्‌मा बोल्न खोजेका थिए । प्रतिनिधि सभाको अघिल्लो अधिवेशन गत वैशाख २ गते अन्त्य भएको थियो । कांग्रेसले…

Read More