
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, ३१ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी समाल्नु भएको छ । आजबाट शिवसताक्षी नगरपालिकामा ११ औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्बाहाङ्फेले जिम्मेवारी सम्माल्नु भएको हो । उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलो पल्ट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको हो । उहाँ निजामति सेवामा प्रवेश गरेपछि अर्थ मन्त्रालय, सम्पत्ती सुद्धिकरण विभाग, प्रधानमन्त्री कार्यालय हुँदै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत हुनुहुथ्यो । आज शिवसताक्षी नगरपालिकामा नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु र कर्मचारीहरुले उहाँलाई स्वागत गर्नु भएको छ । स्वागतका क्रममा नगरप्रमुख थोप्राले कर्मचारीको र जनप्रतिनिधिको…
भद्रपुर, ३१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा एक दिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. आलोक ठाकुरको सहजीकरणमा क्यान्सर पहिचान, उपचार र बच्ने उपाय बारेमा एक दिने सचेतना सम्पन्न गरिएको हो । भद्रपुर १० चन्द्रगढी स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा सम्पन्न सचेतना कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, प्रशासन र विद्यार्थीहरूको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष रामप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी भावना पोखरेल र क्याम्पस प्रमुख विवेक पोखरेलले मन्तव्य राखेका थिए भने उपसभापति गंगाप्रसाद श्रेष्ठले स्वागत गरेका थिए ।
बच्चा तथा बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि बिभिन्न पोषक तत्वका साथै उचित स्याहार सुसार हुन जररत हुन्छ । बच्चा दुई वर्षको भएपछि उसको हड्डी तथा मांशपेशीहरु मजबुत हुन थाल्छ र हिड्हुल गर्न सक्छ । यसका लागि उसलाई बिभिन्न पौष्टिक तत्वको जरुरत पर्छ । हरेक बच्चा एक वर्षमा २.५ इन्च उचाइ बढ्छ ।उसको उचाई बढ्नमा हर्मोन, पोषण, ब्यायामका साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि बिभिन्न पौष्टिक तत्व खुवानुपर्ने हुन्छ । त्यसका लागि यी चीजहरु खुवानु राम्रो हुन्छ दूधजन्य पदार्थ : बच्चाको सम्पूर्ण विकासका लागि दूधका…
काठमाडौं, २९ भदौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार (आज) ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गर्ने भएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो । यसका लागि (आज)शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने जनाइएको छ । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ । अभिनेता गिरीले सामाजिक संजालबाट समेत यसबारे जानकारी दिएका छन् । बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुने दीपकले जनाएका छन् । आइएनआईका निर्देशक सुरेन्द्र थापाले पनि वार्षिकोत्सवको अवसरमा दर्शकले निःशुल्क फिल्म हेर्न…
विराटनगर, २९ भदौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रंश गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ’‚ उनले भने‚ ‘त्यो विषयको सम्बोधन नभएसम्म संसद्मा विरोध जारी रहन्छ।’ यस्तै अर्को प्रसंगमा उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले पछि हट्ने बताएका छन्। उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाका लागि ख्यातिप्राप्त भएको बताउँदै उनले प्राविधिक रूपमा केही कुरा नजानेर त्रुटि भएको हुन सक्ने बताए। उनले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा…
झापा, २९ भदौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एकएक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की…
झापा, २८ भदौ । विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको प्रथम जिल्ला अधिवेशन आज शुक्रबार कनकाई नगरपालिकाको सुरूङ्गामा सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गमलामा रहेको बिरुवामा पानी हालेर पोखरेलले गरेका थिए । सो कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै नगरप्रमुख पोखरेलले किटनाशक विषादीले मान्छेले खाने सागसब्जी तरकारीलाई पनि असर पार्ने भएकाले विषादी प्रयोग गरेको कति दिन पछिमात्र उपभोग गर्न मिल्छ भन्ने कुरालाई विषादी ब्यवसायी र उत्पादकले सन्देश प्रवाह गर्नुपर्ने बताए । विषादीका कारण मानव शरीरमा प्रतिकूल असर पर्ने गरेको दृष्टान्त सुनाउँदै नगरप्रमुख पोखरेलले दुईवर्षको कोभिड १९ महामारीमा ४७ जनाको मृत्यु खेपेको कनकाई…
बिर्तामोड, २८ भदौ । बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।नगरपालिकाको सभाहलमा आज ९शुक्रबार० स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ(आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो । बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन…
बिर्तामोड, २८ भदौ । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व। पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका…
बनियानी, २८ भदौ । झापाको भद्रपुरस्थित मेची रंगशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । झापा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास जरुरी रहेको बताउनुहुँदै नगरले पनि खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता भएको बताउनुभयो । “३० वर्षअघि मेची अञ्चल स्तरीय प्रतियोगिता भएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि यो प्रतियोगिता हुँदैछ ।” कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, झापा जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारी…