
झापा, १७ मंसिर । झापाको बिर्तामोडमा गत मंसिर १३ गते फलामको चेन गेटले किचेर घाइते भएका बालकको आज उपचारको क्रममा मृत्यु भएको छ ।
इलामा देउमाई नगरपालिका–८ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–१ बुद्दचोक स्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको छोरा ३ वर्षीय दिवाहाङ राई खेल्ने क्रममा फलामको चेन गेटले किचि घाइते भएका थिए ।
उपचारको लागी बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज दिउँसो मृत्यु भएको हो ।
Facebook Comments Box


