
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कमल, ८ बैशाख । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकामा कृषि पेशामा संलग्न कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । कृषकलाई बजारमुखी एक समुह एक सामूहिक तरकारी उत्पादनका आधारमा प्रोत्साहन अनुदान प्रदान गरेको हो । जस अन्तर्गत ५ कठ्ठा सम्म खेती गर्ने किसानले प्रति कठ्ठा १ हजारका दरले ५ हजार र सो भन्दा बढी खेती गरेमा प्रति कठ्ठा एक हजार ५ सयका दरले किसानलाई चेक मार्फत भुक्तानी गरेको गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।…
झापा, ८ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा वर्षारहिमपातको सम्भावना…
झापा, ८ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)–मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लखनउ ८ विकेटले विजयी बनेको हो । कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीको गरेका थिए । चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए । दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए । जितपछि लखनउ ७ खेलबाट ८…
इलाम, ८ बैशाख । इलामको इलाम नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को पोलमा काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका–५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका–८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । कुँवरको शव डढेको अवस्थामा बिजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
झापा, ८ बैशाख । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए । भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल…
झापा, ७ बैशाख । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन । गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।
भद्रपुर, ७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ । महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योगी–व्यवसायीहरुले श्रम बजारमा सूचना प्रणालीको संस्थागत विकासका लागि प्रदेश महासंघले थालेको प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै हाल उद्योग प्रतिष्ठानहरुमा यसले कामदारसम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताएका थिए । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले श्रम बजारसम्बन्धी अध्ययन नभएकोले रोजगारदाताले दक्ष कामदार पाउन नसकेको उल्लेख गरे । उनले चिया, चामल उद्योगहरुमा अहिले पनि दक्ष कामदारको अभाव रहेको बताए ।…
झापा, ७ बैशाख । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेको छ । भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा करिब ८५० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जनाएका छन् । अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुनसहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विराटनगर, ७ बैशाख । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । उनले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा पनि गरे ।
ताप्लेजुङ, ७ बैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।