
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ६ असोज । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई आज पक्राउ गरिएको हो ।
झापा, ६ असोज । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सत्ता पक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । काँग्रेस र एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानासहित नेकपा एमालेको तर्फबाट कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक रहनुभएको छ । काँग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ रहनुभएको छ । कार्यदललाई…
रामेछाप, ६ असोज । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । सदरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि…
विराटनगर, ६ असोज । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो । जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु रहेका छन् । यस्तै काँग्रेस–एमाले गठबन्धनका उम्मेद्वारहरु दुर्गा भण्डारी (काँग्रेस), शान्ता…
झापा, ६ असोज । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा…
झापा, ६ असोज । पछिल्लो तीन वर्षको अवधिमा झापाको कनकाई नदीमा डुबेर २५ जनाले ज्यान गुमाएका छन् । यो डरलाग्दो तथ्याङ्क भएको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्षमा क्षति बढेको छ । साउनदेखि असोज ५ सम्म कनकाईमा डुबेर ५ जनाको मृत्यु भइसकेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा ६ पुरुष र ३ महिला गरी ९ जना, ०७९–०८० मा ५ पुरुष, १ महिला, १ बालक र १ बालिका गरी ९ जना र ०८०र०८१ मा २ पुरुष, १ महिला, ३ बालक र १ बालिका गरी ७ जनाको मृत्यु भएको हो । यसै आर्थिक वर्षमा २ बालक,…
झापा, ६ असोज । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका…
तेहरान, ६ असोज । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो । खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ । स्थानीय समयअनुसार शनिबार राति ९ः०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ । मिथेन ग्याँसको…
तेह्रथुम, ६ असोज । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् । उनले वैशाखयता मात्र जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताइन् ।
झापा, ६ असोज । चौबिसे गाउँपालिका–६ धाराचोकस्थित सडकमा शनिबार साँझ दुई वटा मोटर साइकल एकापसमा ठोक्किएका छन् । प्र १–०२–०४४ प ८४५० नम्बरको मोटरसाइकल र को. ३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा को.३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका–६ का ३८ वर्षीय बलबहादुर चेम्जोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला प्रतिष्ठान घोपा धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।