jhapaonline add

शिवसताक्षी, १४ फागुन । झापाको शिवसताक्षीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति झापाले सामुदायिक भवनको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रदेश मन्त्री झलकसिं दर्लामी र शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त सामुदायिक भवनको उद्घाटन गरेका हुन् । भवन प्रदेश सरकारबाट विनियोजित २५ लाखको लागतमा निर्माण भएको आदिबासी जनजाति महासंघले जनाएको छ । भवन उद्घाटन गर्दै पूर्व मन्त्री दर्लामीले यसअघि आदिबासी जनजातिको भवन जीर्ण अवस्थामा रहेको र त्यसको मर्मतका लागि बजेट विनियोजन भएको बताए । पुरानो भवनमा जीर्ण भएकाले तला थप्न नमिल्ने भएकाले सोही स्थानमा उक्त रकमले नयाँ भवन निर्माण गरिएको जानकारी दिए । त्यस्तै, शिवसताक्षी नगरपालिकाका…

Read More

अर्जुनधारा, १४ फागुन । झापाको अर्जुनधारा नगरपालिकामा लोक सेवा आयोग तयारी कक्षा शुरु भएको छ । नगरपालिकाको सामाजिक विकास शाखाको आयोजना र बिर्तामोडस्थित नोभा फाउण्डेशनको सहजीकरणमा लोक सेवाको तयारी कक्षा शुरु भएको हो । चालु आर्थिक वर्ष ०८०÷०८१को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार सञ्चालन भएको उक्त तयारी कक्षाको कार्यक्रमका सभाध्यक्ष एवम् उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । ७० दिनसम्म सञ्चालन हुने कक्षामा ७५ जना बढी युवाको सहभागिता रहेको शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए । तयारी कक्षामा सहजकर्ताहरु डा।टोकराज पाण्डे, डिजन भट्टराई, बद्री कार्की, प्रयास भट्टराई, राजेन्द्र निरौलालगायतले सहजिकरण गर्ने बताइएको छ । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत…

Read More

चन्द्र बस्नेतकनकाई, १४ फागुन । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा प्रथम कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । सुरुङ्गास्थित पशुपति अंग्रेजी माविको प्रांगणमा आयोजित तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निर शाहले गर्नुभएको हो । रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भइरहेको कला, संस्कृति महोत्सवमा स्थानीयदेखि राष्ट्रिय साहित्यकारहरूले आफ्नो रचना वाचन गर्नेदेखि लिएर कलाकार तथा मूर्तिकार हिम्मत नेम्वाङ र प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मूर्तिकला प्रदर्शनीका साथमा साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षी, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगीका साथमा…

Read More

बिर्तामोड, १४ फागुन । गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको झापाको अर्जुनधारा नगरपालिका–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ । आज विद्यालय परिसरमा विभिन्न कार्यक्रम गरी फाउण्डेशनले १७ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की हुनुहुन्थ्यो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि कार्कीले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले स–साना बालबालिकालाई स्तरीय शिक्षा दिएर योग्य र सक्षम नागरिक उत्पादनमा निजी विद्यालयको योगदान बिर्सन नमिल्ने उल्लेख गर्नुभयो । वार्षिकोत्सव समारोहमा विद्यालयकी शिक्षक एसिका राई र कर्मचारी पदम तामाङलाई…

Read More

काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ । क्यानको सोमबार बसेको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ । यसअनुसार ग्रेड एमा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड बीमा कबिता कुँवर मात्र छिन् भने सी ग्रेडमा पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् । इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् । क्यानका…

Read More

१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ । ५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । ६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ । ७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ । ८. करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ । ९.…

Read More

काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् । मिटरब्याज पीडित र लघुवित्त पीडितहरुले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरुलाई खुशी बनाएर फिर्ता नगरे आफूहरु संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिएका हुन् । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि…

Read More

काठमाडौँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताए । आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए ।

Read More

फिदिम, १४ फागुन । चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा झापा ११ एफसी प्रवेश गरेको छ । झापा ११ छैटौं झापा गोल्डकपको तयारीमा रहेको घरेलु टोली हो । फिदिम माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष एफसीलाई १–० गोलले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापा ११ का लागि निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रदिप बुढाथोकीको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको २४औँ मिनेटमा पाएको फ्रिकिकमा निकेश श्रेष्ठको प्रहारमा प्रदिपले गोल गरेका हुन् । आजको खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार…

Read More

कनकाई, १४ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक आजदेखि तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको शुरु हुँदैछ । रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा आजदेखि शुरु हुने महोत्सव १६ गते बुधबार चल्ने छ । आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले महोत्सवको उद्घाटन वरिष्ठ अभिनेता नीर शाहले गर्ने बताएका छन् । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

Read More