jhapaonline add

सन्तोष शर्माभद्रपुुर, ९ चैत । दादुरा–रुबेला खोप अभियान अन्तरगत झापामा लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन भएको अभियान अन्तरगत जिल्लामा दुई लाख ५६ हजार तीन सय ९५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ३६ हजार १७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि सोभन्दा २० हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो । कार्यालयले ९५ प्रतिशत खोप लगाउने लक्ष्य राखे पनि एक सय नौ प्रतिशतलाई खोप लगाएको छ । अभियानका क्रममा…

Read More

झापा, ९ चैत । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन नागरिक ३२ वर्षीय अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक ३० वर्षीय सनम राईलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको नेतृत्वमा खटिएका टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ । भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको…

Read More

बिर्तामोड, ९ चैत । झापाको मेचीनगर र कनकाईबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार मेचीनगर–६ स्थित मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका उदयपुर कटारी–५ का २५ वर्षीय खगेन्द्र तामाङलाई शंका लागी चेकजाँच गर्दा निजले हातमा बोकेको बैजनी रङको प्लाष्टिक भित्र जुत्तामा लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १२ ग्राम ८०० मिली ग्राम फेला परेको हो । त्यस्तै, बिहीबार राति झापाको कनकाई–४ पूर्व–पश्चिम राजमार्ग माइपुल छेउमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे १० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय र इप्रका…

Read More

झापा, ९ चैत । झापाको अर्जुनधारा–५ फुलबारी टोलस्थित एक सुपारी बगानबाट काँचो सुपारी चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो अर्जुनधारा–५ फुलबारी टोल स्थित टिका देवि गिरीको सुपाडी बगानबाट काचो सुपाडी झारी बोरामा हाली चोरी गरी लाँदै गर्न लागेको अवस्थामा अर्जुनधारा–७ का सुनिल राई र अर्जुनधारा–८ का आलो भन्ने सुरज मण्डललाई सुपाडि बगानबाटै पाँच बोरा सुपारीसहित पक्राउ गरिएको हो । उक्त सुपारी तौल गर्दा १ सय ८३ किलो ग्राम रहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ९ चैत । विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो । उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुशी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ । उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क…

Read More

झापा, ९ चैत । झापाको दमक नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक–५ का ४४ वर्षीय यादव राई र दमक–८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक–५ स्थित यादव राईको घर कोठामा लागुऔषध बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई लागू औषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कर्णाली, ९ चैत । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो । तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उनले भने, “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर…

Read More

भद्रपुर, ८ चैत । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । समाजले अस्पताल परिसरमा संक्षिप्त कार्यक्रम गरेपछि बिरामीहरुलाई फलफूल वितरण गरेको थियो । समाजकी भद्रपुर अध्यक्ष दुर्गा पोर्तेलको अध्यक्षतामा आायेजित कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य टिकाराम मग्रातीले समाजमा कतै–कतै अझै पनि जातीय विभेद र रंगभेद हुने गरेको भन्दै पूर्णरुपमा उन्मूलनका लागि सबै एकजुट हुनुपर्ने बताए । समाजका केन्द्रीय सल्लाहकार तथा नेकपा एमाले भद्रपुर नगर कमिटी सचिव घनश्याम लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा…

Read More

भोजपुर, ८ चैत । भोजपुरको भोजपुर नगरपालिका–३ बाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार भोजपुर–५ का ३० वर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाइकल आफ्नै घर छेउमा पार्किङ गरेर राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाइकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाइकलसहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला सिरहा गोलबजार बस्दै आएका ३१ वर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

सरोज भट्टराईशिवसताक्षी, ८ चैत । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी–७ शिमलचोक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् । पौडेलले १६ कठ्ठा क्षेत्रफलमा प्याप्सिकन, बन्दागोपी, बैगुन लगायतका तरकारीहरु लगाएका छन् । उनीहरु विहानदेखि नै तरकारीको रेखदेखमा गोडमेलमै बेस्त देखिन्छन् । पौडेल दम्पत्ती दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो समय उनीहरुले प्याप्सिकन पनि लगाएका छन् । अन्य प्रजातिका तरकारी भन्दा प्याप्सिकन तरकारीले भाउ पाउने भएपछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेलले बताए । बन्दा…

Read More