
झापा, २४ कात्तिक । झापाको मेचीनगर नगरपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मेचीनगर–७ का २५ वर्षीय राजमान बिकको मृत्यु भएको हो । बिहीबार राति मेचीनगर–७ टोकला चिया बगान स्थित पुर्व–पश्चिम राजमार्गमा काँकरभिट्टाबाट इटाभट्टा तर्फ जादैं गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकले सोही स्थानमा ब्याक गर्दै गरेको BAA-8587 नम्बरको कारमा पछाडिबाट ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाईकल चालक बिक घाइते भएका थिए ।
घाइते बिकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । मोटरसाइकल, कार र कार चालक जिल्ला रामेछाप खाँडादेबि गाँउपालिका–४ का ३४ वर्षीय दिनेश कंडेल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन् ।
Facebook Comments Box


