
झापा, २५ कात्तिक । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक २४ गते लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका–८ केर्खा टोल का २१ वर्षीय विक्रम क्षेत्रीको साथबाट लागुऔषध ब्राउनसुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी, इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको टोलीले गोप्य सूचनाको आधारमा इटहरी उपमहानगरपालिका–४ मनकामना टोल का २९ वर्षीय विवेक चौधरीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ८९० मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box


