
झापा, २४ कात्तिक । झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक २३ गते राती इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कमल गाँउपालिका-५ पाडाजुगी बजार स्थितबाट कमल गाँउपालिका-५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस-१०८ पिस, ट्रामाडोल-८० पिस र एन्टिकफ-२४ पिस फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट बलिया मोरङको टोलीले गोप्य सुचनाको आधारमा मोरङ सुन्दरहरैचा-४ का ४२ वर्षिय राजु राईलाई लागुऔषध ब्राउन सुगर ४२ मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनीहरुकोको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


