
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ पुस । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् । ‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२ जना नेपाली छौं, सात जना नेपाली साथीको २ सालको कन्ट्याक्ट सक्किएर पनि अरू ३ महिनाको अकमा लगाइदिएको थियो,’ प्रेमले भने, ‘अब त्यो ३ महिनाको अकामा पनि डिसेम्बर १५ तारिखमा सकियो र सबै साथीहरू काम नगर्ने घर जाने भन्दै छन्, तर पनि कपिलले म तिमीहरू कसैलाई फिनिसमा घर पठाउँदिन, तिमीहरू सबैको अकासमा…
झापा, ३० मंसिर । कोशी प्रदेशको सुनसरी र झापाबाट नौ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिँड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टीका सुनसरी सचिब एवम् संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान–१५ अध्यक्ष हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह–सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् । त्यसैगरी, झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका–७ का लिम्बूवान कार्यकर्ता उदयशिगु…
भद्रपुर, ३० मंसिर । झापाको दुहागढीमा उद्योग स्थापना गरी गुणस्तरीय हल्का पेय पदार्थहरु उत्पादन गर्दै नेपालभरि बजार विस्तार गरिसकेको सिंगापुर वेभरेज नेपालका प्रवन्ध निर्देशक, युवा उद्यमी डा. आशिष शर्मालाई नेपाल जेसीजले उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनका अवसरमा झापाका युवा उद्यमी शर्मालाई नगद १० हजार राशिको पुरस्कारसहित सम्मान गरिएको हो । महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले डा. शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । डा. शर्मा कोशी प्रदेशबाट पुरस्कारका लागि चयन भएका थिए । विदेशका विभिन्न विश्वविद्यालयमा शिक्षा आर्जन गरेका डा. शर्माले आफ्नै बुबा उद्योगी रमेश शर्माले सञ्चालन…
भद्रपुर, ३० मंसिर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८ औं साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि सं २०३७ साल स्थापना भइ निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो । समितिको उपसभापतिमा खगेन्द्रा खुसी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा क्रमशः निर्मला बास्तोला दंगाल र जनार्दन उप्रेती निर्वाचित भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्ने छ । पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गंगाप्रसाद…
झापा, ३० मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रूपैयाँका दरले मूल्य घटाएको जनाएको छ। घटाइएको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निमगले जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँ पर्छ ।
ताप्लेजुङ, ३० मंसिर । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो । देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमासमेत एक गोल गरेको थियो । इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै…
झापा, ३० मंसिर । प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ । शुक्रबार करिब चार घण्टाको बैठकमा चार पटक नै सभापति परिवर्तन भए । ज्येष्ठ सदस्यको रोलक्रम अनुसार चार पटक अध्यक्ष फेरिए । स्थायी सभापति चयन नहुँदा संसदीय सुनुवाइमा लगातार यो अभ्यास हुँदै आएको छ । सुनुवाइ समिति सभापति नेपाली कांग्रेसले पाउने गरी भागबन्डा टुङ्गिए पनि चयन भएको छैन…
झापा, ३० मंसिर । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ । मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ । दिउँसोमा भने तापक्रम शून्यमा भरेको छ । ुचिसो अधिक बढेको छ ।…
झापा, २९ मंसिर । अध्यागमनका कर्मचारीहरूसँग सेटिङ मिलाई भिजिट भिसामा युवायुवतीलाई विदेश पठाउने गिरोहका दुई जना पक्राउ परेका छन्। काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौं वौद्ध बस्ने निमा छिरीङ ट्राभल्सका कर्मचारी ३७ वर्षीय मनोज तामाङ (लामा) र रामेछापको दोरम्भा गाउँपालिका–७ घर भई हाल गोकर्णेश्वर बस्ने निमा छिरीङ ट्राभल्सका सञ्चालक ३३ वर्षीय पदम लामा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। भिजिट भिसामा विदेश जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
इलाम, २९ मंसिर । इलामका गुरुङ समुदायले तमु ल्होसार यस पटक इलाम बजारमा मनाउने भएका छन् । उनीहरूले पुस १५ गते पर्ने आफ्नो सांस्कृतिक पर्वको अवसरमा पुस १३, १४ र १५ गते विशेष कार्यक्रम आयोजना गरिएको जनाएका छन् । इलाममा पत्रकार सम्मेलन आयोजना गरी ल्होसा पर्व मूल आयोजक समितिले त्यस अवसरमा आयोजना गरिने विविध कार्यक्रमबारे जानकारी दिएको हो । आयोजक समितिका प्रचार संयोजक मानबहादुर गुरुङका अनुसार पुस १५ मा हि–ल्हो (बिरालो वर्ष) को बिदाइ र मुप्ही ल्हो (गिद्ध वर्ष)को स्वागतमा ल्होसार मनाइँदैछ । ल्होसार पर्व प्रायः घर–घरमै मनाउने गरिएपनि यो वर्ष जिल्लाभरको गुरुङ समुदाय एकत्रित भएर इलाम सदरमुकाममा मनाउने तयारी…