jhapaonline add

झापा, ५ पुस । हाम्रो उमेर बढ्दै जाँदा शरीरको बाँकी अंग जस्तै गरी मस्तिष्कको पनि उमेर बढ्छ । दिमाग बुढो भएपछि निर्णय लिने क्षमता र स्मरण शक्तिमा पनि कमी आउन थाल्छ । दिमागलाई बुढो हुनबाट रोक्न भिटामिन र मिनिरलले अहम् भूमिका निर्वाह गर्ने कयौँ अनुसन्धानहरूले देखाएका छन् । आफ्नो उमेरमा भइरहेको वृद्धिको असर दिमागमा नपरोस् भन्ने चाहनु हुन्छ भने तपाईंले पनि यी भिटामिन र मिनरल्सलाई आफ्नो भोजनमा समावेश गर्नुपर्ने विज्ञहरुको सुझाव छ । ओमेगा–थ्री फ्याटी एसिडओमेगा–थ्री फ्याटी एसिडमा इन्टी–इन्फ्लेमेटरी र एन्टीअक्सिडेन्ट पाइन्छ । यसले मस्तिष्कको स्वास्थ्यलाई बढाउने काम गर्छ । साल्मन माछा, ओखर, आलस र चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड…

Read More

काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरिएको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार विधान मस्यौदाका निम्ति सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की छन् । माओवादीले यसअघि तीन महिने रूपान्तरण अभियान सकिएपछि मंसिरमै विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, रूपान्तरण अभियानको समयावधि चार महिना पुर्‍याइएपछि फागुनमा विधान सम्मेलन गर्न लागिएको हो…

Read More

पोखरा, ५ पुस । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।

Read More

लन्डन, ५ पुस । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् । साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत सुवेदीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औँ राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत सङ्गीतको क्षेत्रलाई निकै…

Read More

दिनेश बुढा सुर्खेत, ५ पुस । गएराति रुकुमपश्चिममा ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। बुधबार राति साढे १० बजेको समयमा आठबीस नगरपालिका(१० को इजाखोला नजिक रा १ त १४ नम्बरको जस्तापाता लोड गरेको ट्याक्टर दुर्घटना परेको हो। दुर्घटनामा एकै वडाका पाँचजनाको मृत्यु भएको आठबीसको नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए। दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। आठबीसकोट…

Read More

काठमाण्डौ, ५ पुस । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो । यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् । कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार…

Read More

काठमाडौँ, ५ पुस । “सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र समस्यामा सांसदले साथमा साथ दिन सक्नुपर्छ ।” प्रतिनिधिसभाको एकबर्से अवधिमा सीमित मात्रामा मात्र कानुन बन्न सकेकामा पनि नेकपा एमालेकी नेत्री सन्तुष्ट छैनन् । जति मात्रामा कानुन बनाउनुपर्ने हो त्यति बन्न नसक्नामा सरकारले नै धेरै ‘बिजनेस’ नदिनाको कारण रहेको उनको ठम्याइ छ । त्यसो त समय–समयमा प्रमुख प्रतिपक्षले सरकारसँग विभिन्न विषयमा माग राखी सदन अवरोध गरेकाले पनि कानुन निर्माणले गति नलिएको…

Read More

शिवसताक्षी, ४ पुस । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व मनाइने आज पत्रकार सम्मलेन गरी जानकारी गराइएको हो । भोलि पौष ५ गतेदेखि ११ गतेसम्म चासोक तङ्नाम पर्व सहित सांस्कृतिक मेलाको समेत आयोजना गरिएको कार्यक्रम संयोजक शिव सेर्माले जानकारी दिए । उनले सँधै झै यस वर्ष अलि बृहत रुपमा कार्यक्रमको आयोजना गरिएको बताए । उनको अनुसार भोलि दिउँसो ३ बजे नगरप्रमुख मेगाहाङ्ग थोप्राले चासोक तङ्नामको तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने छन् । सांस्कृति कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी,…

Read More

झापा, ४ पुस । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका–९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफूल बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफूल बितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि कुँवरले सामाजिक क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी श्रीमती संघको कार्य योजना र लक्ष्य अनुसार बिविध परोपकारी कार्यहरु निरन्तर संचालन गरिरहेको बताउदै…

Read More

झापा, ४ पुस । नेपाली कांग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापन पत्र बुझाएको छ । पार्टी सभापति अशोक वस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरबासीले प्रश्न उठाएपछि नगर समितिले ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ । नगर प्रमुख मेघाहाङ थोप्रालाई बुझाउन गएको एक टोलीले उनको र नगर उपप्रमुखको अनुपस्थितीमा छानविन समितिका सदस्य सचिव समेत रहेका प्रशासन प्रमुख डिल्ली नेपाललाई ज्ञापन पत्र बुझाएको पाटीका सचिव होम दुलालले बताए । शिवशताक्षी नगरपालिका घरनाक्सा पास प्रकरणमा चरम लापारबाही भएको ज्ञापन पत्रमा उल्लेख छ । विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमाशिवसताक्षी नगरपालिकाको कालो…

Read More