
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ पुस । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ । आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ । यसअघि हिजो भएको खेलमा बुटबल लुम्बिनीलाई हराउँदै पोखरा थन्डर्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । ७ खेलमा १० अङ्कका साथ ललितपुर सिटी तेस्रो र ६ खेलमा ९ अङ्कका साथ साविक विजेता टोली काठमाण्डौ रेजर्स…
काठमाण्डौ, ४ पुस । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका…
जब हामी बिरामी भएर अस्पताल पुग्छौं चिकित्सकले ‘आँ गर्नुहोस् त’ भन्छन् । लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छन् । हरेकपटक बिरामी हुँदा किन यस्तो गरेको होला भन्ने हामीलाई लाग्न सक्छ खासमा जिब्रो हेरेर स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्न सकिन्छ । त्यसैले चिकित्सकले सुरुमै जिब्रो हेर्ने गर्छन् । जिब्रो पाँच ज्ञानेन्द्रियमध्ये एक हो । जिब्रोको काम शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्ट्याउने मात्र होइन, यसले स्वास्थ्य समस्याको बारेमा संकेत पनि दिन्छ । शरीरकको महत्वपूर्ण अंग जिब्रो बनावट पनि अन्य अंगभन्दा फरक छ । गिजा र दाँतमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने जिब्रोमा दुईवटा स्नायुले प्रवाह गर्छ । जिब्रोको…
बिर्तामोड, ३ पुस । श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले मंगलबार (आज) बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल बरालले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिशिष्ठ अतिथि बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, बाह्रदशी–५ का वडाध्यक्ष वीरबहादुरसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगर सहकारी अधिकृत तथा…
उद्धव पुरी झापा, ३ पुस । मैले २०६० सालबाट पत्रकारिता सुरु गरें । निरन्तर आज पनि म पत्रकारिता मै सक्रिय छु । आज भन्दा २० वर्ष अघिको कुरा, जुनवेला अहिले जस्तो पत्रकारिता गर्न सहज थिएन । प्रविधिको विकास थिएन, भएकामा पनि पहुँच थिएन । कम्प्युटर र इन्टरनेटको पहुँज नभएका कारण पत्रकारिता गर्न निक्कै अप्ठेरो परिस्थिति थियो । म धरानबाट प्रकाशित हुँदै आएको त्यसबेलाको लोकप्रिय पत्रिकाको रुपमा पूर्वमा चिनिएको ‘ब्लाष्ट टाइम्स दैनिक’ को बिर्तामोड शाखाबाट पत्रिका बितरकको रुपमा काम गर्थें । करिब डेढ बर्षजति पत्रिका बितरककै रुपमा मैले काम गरें । प्रविधिको पहुँच नभएका कारण त्यसबेला हातले ‘ए फोर’ साइजको (फोटोकपी)…
पोखरा, ३ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरू मिसन ८४ को नारा लिएर दौडिनुभन्दा देशको चिन्ता गर्न सुझाएका छन् । पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले एउटा चुनाव नसकिँदै अर्को चुनावी दौडमा लागेर देश विकास नहुने बताए । ‘एमालेले मिसन ८४ भनेको छ । नयाँ दल पनि ८४ भन्छन् । जिम्मेवार दल र सस्तो राजनीतिमा यही फरक छ,’ उनले भने, ‘७० को चुनाव सकिएपछि मिसन ७४ भन्ने, ७४ पछि मिसन ७९ भन्ने । ७९ को चुनाव सकियो अब मिसन ८४ भनेर देश बन्छ ? बरु ८३ सम्म राम्रो काम गरौँ जनतामा विश्वास जगाऔँ ।’ महामन्त्री शर्माले…
काठमाडौं,३ पुस । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९ औं मिनेटमा फोडे कमराले गोल गरेका थिए । यो हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ७ खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ । जितसँगै प्रतियोगिता टुंग्याएको इलाम भने ८ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यद्यपि लिगमा यही स्थानमा कायम रहन्छ कि रहन्न भन्ने अरु टिमको खेलमा भर पर्छ ।
भारत, ३ पुस । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका हुन् । यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो । स्टार्कलाई अनुबन्ध गर्नका लागि कोलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा कोलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो ।
काठमाडौँ, ३ पुस । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुईसय भन्दा धेरै घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार राति गान्सु प्रान्तमा ६.२ रेक्टरस्केलको भूकम्प गएको जनाएका छन्। भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन्। छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा ११ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
काठमाडौँ, ३ पुस । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णयगरेको थियो । तर, त्यसपछि सो विधेयक एकाएक गायब पारिएको थियो । विधेयक गायब पारिएकाले त्यतिखेर संसद्मा दर्ता नै हुन सकेन । दर्ता नभएकाले विधेयक संसद्मा छलफल हुने अवस्था नै नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालय स्रोतले जानकारी दियो । त्यसलगत्तै संसद् अधिवेशन समाप्त भएको थियो । त्यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐन जसरी पनि ल्याएरै…