jhapaonline add

सुनसरी, ६ पुस । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गेरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली ९जिआईएस०मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो । पूर्व(पश्चिम विद्युत् आपूर्ति र…

Read More

काठमाडौं ६ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन् ।टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा १९ औं ओभरको पहिलो बलमा बागमतीकी कप्तान अस्मिना कर्मचार्यलाई छक्का प्रहार गर्दै काजोलले कोशीलाई जित दिलाएकी हुन् । ४ रन बनाउँदा ओपनर रुबिना क्षेत्रीलाई गुमाएको कोशीका यी २ ले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । १८ औं ओभरको…

Read More

एजेन्सी, ६ पुस । आफ्नो सम्बन्ध बलियो होस्, सुमधुर होस् भनेर त हरेक व्यक्तिले चाहेका हुन्छन् । तर कहिलेकाँही स्थिति चाहेकोभन्दा अलग भइदिन्छ । कयौँ सम्बन्ध आपसी झैँ–झगडा र मनमुटाबको चपेटामा परेर समाप्त हुन्छन् । सम्बन्धलाई हराभरा राख्ने कुनै सर्वमान्य सूत्र हुन्न । हरेक सम्बन्धलाई जोगाइराख्न समय र साथ र विश्वासको मलजल चाहिन्छ । पछिल्लो समय विश्वभर सम्बन्ध विच्छेदका मामिलाहरू तीव्र गतिमा बढिरहेका छन् । प्रेम सम्बन्ध बिहेसम्म पुग्नु अगावै टुटिरहेका छन् । हालै भएको एउटा अनुसन्धान चाहिँ सम्बन्ध जोगाउने मामिलामा सहायक साबित हुने देखिएको छ । अमेरिकामा मनोवैज्ञानिकहरूको एउटा समूहले माया प्रेमलाई सधैँ जवान राख्न एउटा सूत्र खोजेका छन्…

Read More

झापा, ६ पुस । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन् । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए । सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत भएको बताए । बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए । धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण…

Read More

काठमाडौँ, ६ पुस । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । त्यसैगरी आजै साँझ पाँच बजेबाट सुरु हुने दोस्रो खेलमा एफसी चितवनले झापा एफसीको सामना गर्नेछ । यसअघि हिजो भएको खेलमा वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गरेको थियो । वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । त्यस्तै पराजित…

Read More

काठमाडौँ, ६ पुस । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदनसामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक…

Read More

काठमाडौँ, ६ पुस । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो ९इन्डक्सन० को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए…

Read More

काठमाडौँ, ५ पुस । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा श्रमिकहरू रोमानिया जान थालेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सन् २०२४ का लागि २० हजार भिसा स्वीकृत भइसकेको बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको थियो । यूरोपेली मुलुकहरूमध्ये रोमानिया नेपालीहरूका लागि श्रम गन्तव्य मुलुकको रूपमा विकसित हुँदै आएको छ । रोमानियासँग श्रम समझदारी नहुँदा…

Read More

बिर्तामोड, ५ पुस । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिकाले गएका वर्षहरुमा जस्तै यसवर्ष पनि आजदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो । चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने छ । शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा हरेक वर्ष शिविर…

Read More

भद्रपुर,५ पुस । विर्तामोड ८ स्थित सेन्ट जेभियर्स विद्यालयमा स्थानीयलाई सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क एक दिने आाखा शिविर सम्पन्न गरिएको छ । सेन्ट जेभियर्स बाल क्लब र हामी स्वयमसेवी समूहको आयोजनामा विद्यालय आसपासका स्थानीय लक्षित निशुल्क आाखा शिविर सम्पन्न गरिएको हो । आखा सम्बन्धि विभिन्न समस्या भएका दुई सय व्यक्तिले शिविरबाट लाभ लिएको आयोजकले जानकारी दिएको छ । बाल क्लबका फोकल पर्सन तथा शिक्षक शालिकराम दाहालका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शिविर सञ्चालन गरिएको हो भने शिविरमा मेची आँखा अस्पताल विर्तामोडका विशेषज्ञ सहितका प्राविधिकले सेवा प्रवाह गरेका थिए ।

Read More