
भद्रपुर,५ पुस । विर्तामोड ८ स्थित सेन्ट जेभियर्स विद्यालयमा स्थानीयलाई सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क एक दिने आाखा शिविर सम्पन्न गरिएको छ ।
सेन्ट जेभियर्स बाल क्लब र हामी स्वयमसेवी समूहको आयोजनामा विद्यालय आसपासका स्थानीय लक्षित निशुल्क आाखा शिविर सम्पन्न गरिएको हो ।
आखा सम्बन्धि विभिन्न समस्या भएका दुई सय व्यक्तिले शिविरबाट लाभ लिएको आयोजकले जानकारी दिएको छ । बाल क्लबका फोकल पर्सन तथा शिक्षक शालिकराम दाहालका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शिविर सञ्चालन गरिएको हो भने शिविरमा मेची आँखा अस्पताल विर्तामोडका विशेषज्ञ सहितका प्राविधिकले सेवा प्रवाह गरेका थिए ।
Facebook Comments Box



