jhapaonline add

झापा, १४ कात्तिक । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा करिब दुई हजार कैदीले जेलबाहिर बस्ने सुविधा पाउने भएका छन् । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार खुला कारागार व्यवस्थापन कार्यसञ्चालन कार्यविधि बनेर कार्यान्वयनको चरणमा पुगेको छ । ‘पहिलो चरणमा दुई हजारले सुविधा पाउँदैछन्’ सहसचिव भट्टराईले मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा भने । उनका अनुसार समय समयमा कारागारमै उपस्थित हुनुपर्ने गरी जेल बाहिर बसेर कैद भुक्तान गर्न सक्ने गरी कार्यविधि बनेको छ । एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारले यस्तो सुविधा पाउँछन् ।…

Read More

झापा, १४ कात्तिक । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले लिटरमा ४ रुपैयाँ घटेको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

Read More

मेचीनगर, १४ कात्तिक । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ मा मदन भण्डारी राजमार्ग पाटापुर बस पार्क निर्माण समिति गठन भएको छ । मेचीनगर–१ स्थित पाटापुरमा आज भएको भेलाले समितिको अध्यक्षमा पदमबहादुर पुरी (प्रकाश) लाई चयन गरेको छ । समितिका अध्यक्ष ओमपुरीको अध्यक्षतामा भएको भेलाको छलफलले सर्वसम्मत् रुपमा पुरीलाई अध्यक्षमा चयन गरेको हो । भेलाले उपाध्यक्षमा खड्गमाया राई, सचिव लीलाप्रसाद न्यौपाने, सह–सचिव महेन्द्र मल्ल र कोषाध्यक्षमा डिकेन्द्र थापालाई चयन गरेको छ । त्यस्तै सदस्यमा सुमित्रा राना, उमावती तामाङ, श्याम लामा, हेमबहादुर हुमागाई, रमेश खतिवडा, मेघनाथ गुरागाई, अमृत पुरी, बालुराम गुरागाई, मन्जिल देवान, चन्द्रकुमार बोहारा, सोनाम लामा र बिष्णु राई चयन…

Read More

बिर्तामोड, १४ कात्तिक । अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचन पदाधिकारीहरुलाई एकका लागि एक अभियानले स्वागत तथा सम्मान गरेको छ । सहारा नेपाल साकोसको सभाकक्षमा आज एक कार्यक्रमका बीच अभियानले उनीहरुलाई स्वागत, सम्मान तथा बधाइ ज्ञापन गरेको हो । एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुकुन्द मुकुन्द ढुंगाना लगायतका पदाधिकारीलाई स्वागत सम्मान गरियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुंगानाले कोरोना महामारीका बेला एक लागि एक अभियान गरिएको सहकार्य सुखद् र उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले विश्वभरि छरिएर रहेका झापालीहरुले झापाको विकासका लागि सक्दो काम गर्ने समेत बताउनुभयो । उहाँले अभियानसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने समेत प्रतिबद्धता…

Read More

झापा, १४ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ । सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ बर्षिया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो भने एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका(३ का ३६ बर्षिय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

ओखलढुङ्गा, १४ कात्तिक । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा बर्ष ३३ की कमला गौतमको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो भने घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूया पश्चात शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Read More

झापा, १४ कात्तिक । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेस गर्ने तयारी अनुसार समितिले पारित गरेको हो । दर्ताको आठ महिनापछि विधेयकको दफाबार छलफल टुङ्गो लागेको हो । परिमार्जनसहित विधेयकको प्रतिवेदन समितिले पारित गरेको छ । समितिको प्रतिवेदनमा संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशको मर्यादाक्रम मिलाइएको छ । यसअघि प्रस्तावित विधेयकमा प्रधान न्यायाधीशको मर्यादाक्रम पाँचौँ नम्बरमा थियो । पारित प्रतिवेदनमा चौथो नम्बरमा राखिएको छ । प्रधान न्यायाधीशको हाल सरकारले तोकेको मर्यादाक्रम पनि चौथो स्थानमै छ । यस्तै सर्वोच्चको न्यायाधीशभन्दा अगाडि प्रदेशका सभामुखलाई राखिएको छ । प्रदेश प्रमुख…

Read More

झापा, १४ कात्तिक । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो । बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को क्रममा गरिएको घरपरिवार सर्वेक्षणको सोमबार सार्वजनिक भएको प्रतिवेदनले नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ भदौ ३० देखि असोज १८ सम्म ९२० दिन० घर…

Read More

झापा, १४ कात्तिक । नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो । अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ । नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्षको दसैँमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको…

Read More

कनकाई, १४ कात्तिक । अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित अध्यक्ष र महासचिवलाई यहाँस्थित रोटरी क्लब अफ सुरुङ्गा लगायतका संघ–संस्थाले स्वागत सम्मान गरेको छ । आइतबार झापाको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमुन्द ढुङ्गाना, महासचिव नविन पोखरेल र अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष झापा सुरुङ्गा निवासी समेत रहनुभएका दिनेश पोखरेललाई विशेष कार्यक्रमका बीच रोटरी लगायतका संघ–संस्थाले सोमबार सुरुङ्गामा स्वागत सम्मान गरेको हो । रोटरीका अध्यक्ष शिव कडेँल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थलका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसीजका…

Read More