jhapaonline add

भद्रपुर,५ पुस । विर्तामोड ८ स्थित सेन्ट जेभियर्स विद्यालयमा स्थानीयलाई सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क एक दिने आाखा शिविर सम्पन्न गरिएको छ । सेन्ट जेभियर्स बाल क्लब र हामी स्वयमसेवी समूहको आयोजनामा विद्यालय आसपासका स्थानीय लक्षित निशुल्क आाखा शिविर सम्पन्न गरिएको हो । आखा सम्बन्धि विभिन्न समस्या भएका दुई सय व्यक्तिले शिविरबाट लाभ लिएको आयोजकले जानकारी दिएको छ । बाल क्लबका फोकल पर्सन तथा शिक्षक शालिकराम दाहालका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शिविर सञ्चालन गरिएको हो भने शिविरमा मेची आँखा अस्पताल विर्तामोडका विशेषज्ञ सहितका प्राविधिकले सेवा प्रवाह गरेका थिए ।

Read More

भक्तपुर, ५ पुस । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, “एसइईमा अब एनजी ९कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ० प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।” कार्यक्रममा…

Read More

कनकाई, ५ पौष । झापाको कनकाई—२सुकेडाँगी स्थित कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीबाट गत असार महिनादेखि नै उत्पादन सुरु भएको बायोग्यास ६ महिनादेखि उपभोक्तामा नगएर बालेर नष्ट भएका कारण सरोकारवाला अन्यौलमा छन् । सम्बन्धित पालिकाहरु बिचमै फोहोरमा भएको राजनीतिका कारण उपभोक्ता माझ बायोग्यास पुग्न ढिलासुस्ती भएको कम्पनीमा कार्यरत इन्जिनियर रुपक कार्की बताउँछन् । समयमै उद्येश्य अनुरुपको काम सम्पन्न गर्न उचित व्यवस्थापन हुन नसक्नु व्यवस्थापकीय कमजोरी भएको इन्जिनियर कार्कीले स्विकार गरेका छन् । स्थानीय उपभोक्ताको घर–घरमा बायोग्यास पुर्याउने प्रतिवद्धतासहित सुरुवात गरिएको योजनाबाट कहिले ग्यास उपभोग गर्न पाइने हो भन्ने विषयले उपभोक्तामा अन्यौल छाएको हो । हाल दैनिक १सय ५० के.जी.सम्म…

Read More

भद्रपुर, ५ पुस । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले प्याब्सनको नाममा भइरहेका शोषण अविलम्व सच्याउन माग गरेको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार गत वर्ष सम्पन्न आधारभूत तह उत्रीर्ण परीक्षा २०७९ को प्रश्नपत्र परीक्षण गरेको पारिश्रमिक रोकेर प्याब्सन भद्रपुरले शिक्षकमाथि गरेको आर्थिक शोषण अविलम्व सच्याउन माग गरिएको हो । विज्ञप्तिमा भनिएको छ — आधारभूत तह उत्र्रीण परीक्षाको मुख्य जिम्मेवार नगर शिक्षा शाखा भए पनि भद्रपुर नगर प्याब्सनलाई परीक्षाको आर्थिक कारोवार जिम्मा लगाएर प्रति विद्यार्थी रू ५००।— परीक्षा शुल्क २०७९ चैत्र महिनामै उठाएर सोही समयमा परीक्षा सम्पन्न गरी परीक्षा फल समेत प्रकाशन…

Read More

दमक, ५ पुस । झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्र्याक्टरको मूल्य दर निर्धारण गरिएको छ । मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र कृषकलाई ठगिनबाट जोगाउन झापामा पहिलोपटक पालिकाले मूल्य दर निर्धारण हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईका अनुसार रोडाभेटरबाट जोतेबापत कृषकले प्रतिघण्टा दुई हजार रुपैयाँ तिर्नु पर्नेछ । यसअघि ट्र्याक्टरधनीहरुले दुई हजार ५०० रुपैयाँसम्म असुल्दै आएका थिए । ट्र्याक्टरधनीहरुले मनपरी रूपमा कृषकबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुँदै आएको थियो । यसैबीच, कल्टिभेटरको प्रयोग गर्दा प्रतिघण्टा एक हजार ५०० रुपैयाँ मात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट…

Read More

काठमाडौं, ५ पुस । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ। काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। ‘काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ।’ उनले भने। काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो। काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनायो। अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टायो। एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाइन्। पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हिर्काइन्। यस्तै बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार…

Read More

काठमाडौँ, ५ पुस । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् । महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि ९सिड० ४४ वर्ष पुगेको अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘पूर्ण नागरिक, पूर्ण अधिकार स् नागरिकतामा समान अधिकार’ विषयक छलफल कार्यक्रममा प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले खुला सिमाना भएकाले देशको आफ्नै विशिष्टताका आधारमा नागरिकता कानुन व्यवस्थित गर्नुपर्ने बताए । भारतको राजनीतिमा सोनिया गान्धीको ठूलो योगदान रहेपनि प्रधानमन्त्री बन्न नपाएको उदाहरण प्रस्तुत…

Read More

झापा, ५ पुस । हाम्रो उमेर बढ्दै जाँदा शरीरको बाँकी अंग जस्तै गरी मस्तिष्कको पनि उमेर बढ्छ । दिमाग बुढो भएपछि निर्णय लिने क्षमता र स्मरण शक्तिमा पनि कमी आउन थाल्छ । दिमागलाई बुढो हुनबाट रोक्न भिटामिन र मिनिरलले अहम् भूमिका निर्वाह गर्ने कयौँ अनुसन्धानहरूले देखाएका छन् । आफ्नो उमेरमा भइरहेको वृद्धिको असर दिमागमा नपरोस् भन्ने चाहनु हुन्छ भने तपाईंले पनि यी भिटामिन र मिनरल्सलाई आफ्नो भोजनमा समावेश गर्नुपर्ने विज्ञहरुको सुझाव छ । ओमेगा–थ्री फ्याटी एसिडओमेगा–थ्री फ्याटी एसिडमा इन्टी–इन्फ्लेमेटरी र एन्टीअक्सिडेन्ट पाइन्छ । यसले मस्तिष्कको स्वास्थ्यलाई बढाउने काम गर्छ । साल्मन माछा, ओखर, आलस र चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड…

Read More

काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरिएको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार विधान मस्यौदाका निम्ति सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की छन् । माओवादीले यसअघि तीन महिने रूपान्तरण अभियान सकिएपछि मंसिरमै विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, रूपान्तरण अभियानको समयावधि चार महिना पुर्‍याइएपछि फागुनमा विधान सम्मेलन गर्न लागिएको हो…

Read More