jhapaonline add

पाँचथरदेखि बझाङसम्मका साना नदीमा बहाव बढ्ने, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रहझापा, २६ साउन । आज मंगलबार देशका विभिन्न जिल्लाका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित ३२ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले मंगलबार जारी गरेको बुलेटिनअनुसार पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटी तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बाढीको जोखिम रहेको हो।…

Read More

झापा, २६ साउन । पाकिस्तानको ब्रोड पिकमा साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौँ ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्नेछ। सोही दुर्घटनामा परी निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइसकिएको छ। हिमपहिरोमा परी निधन भएकामध्ये अझै तीन जनाको शव दुर्घटनास्थलबाट फिर्ता ल्याउन बाँकी रहेको जनाइएको छ। बाँकी शवमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको रहेको बताइएको छ। पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा पर्ने ब्रोड पिकमा साउन १४ गते हिमपहिरो जाँदा नेपालीसहित…

Read More

झापा, २६ साउन । लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाइएको छ। माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाइएको हो। सडक मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई थप क्षति हुन नदिन र यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। “क्षतिग्रस्त सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो,” अध्यक्ष नेम्बाङले भन्नुभयो, “अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको…

Read More

झापा, २६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर ९नेपाल नजिक० तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर…

Read More

झापा, २५ साउन । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवका अनुसार कार्यदलले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका सरकारी निर्णय तथा विभिन्न निकायले तयार गरेका अध्ययन प्रतिवेदनको समीक्षा गर्नेछ। बैठकमा मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले मिल पुनः सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक,…

Read More

बिर्तामोड, २५ साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई कटाक्ष गर्दै स्टाटसले मात्रै देश चल्दैन भनेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले त्यस्तो कटाक्ष गरेका हुन् । वर्तमान प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको टिप्पणी गर्दै सिटौलाले लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । “लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले पर्दापछाडिबाट शासन गर्न खोजेको देखिन्छ। स्टाटसले मात्रै देश चल्दैन।” संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्बाटै दिनुपर्ने उहाँको भनाइ थियो। भदौ २३ र २४ गते भएका घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको…

Read More

झापा, २५ साउन । झापामा सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको औषधि, किराना तथा लत्ताकपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ । कचनकवल गाउँपालिका–३ बगानस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ९ लाख ६७ हजार ३९० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका औषधिसहित एउटा ईभी गाडी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ९ जनाको गाडी मोबाइल टोलीले सोमबार बिहान १०ः५५ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको ईभी गाडीलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो । प्रहरीका अनुसार चेकजाँचका क्रममा गाडी चालक तथा सम्बन्धित व्यक्ति गाडी र सामान छाडेर…

Read More

भद्रपुर, २५ साउन । गत असार २७ गते भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की तथा वडाध्यक्षत्रय– बन्धु कार्की, अभिषेक ढुंगाना र गौरव सुब्बा ‘मनोज’ को रोहवरमा गठित भद्रपुर पुस्तकालयको तदर्थ समितिले पूर्णता पाएको छ । आज साउन २४ गते स्थानीय प्रेस क्लबको सभाकक्षमा तदर्थ समितिका संयोजक चिन्तामणि दाहालको अध्यक्षतामा भएको सल्लाहकार समिति समेतको संयुक्त बैठकले ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको हो । जसअनुसार, डा. गीता श्रेष्ठ– उपाध्यक्ष, राजबाबु शंकर– सचिव, अजय साहेवाला– कोषाध्यक्ष, डिल्लीरमण नेपाल– सहसचिव एवम् सदस्यहरूमा– वडा न.५ का अध्यक्ष समेत रहनुभएका बन्धु कार्की, धनजुजु श्रेष्ठ, सन्तोष अग्रवाल र नीलम गोयल हुनुहुन्छ । पूर्ण बैठकमा भद्रपुरका…

Read More

झापा, २५ साउन । मोरङ, झापा र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २४ गते मोरङको सुनवर्षी नगरपालिका–८ स्थितमा प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय प्रेमबहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का ३८ वर्षीय टंकप्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र प्रदेश १–०२–०४३ प ९९१६ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ। झापाको भद्रपुर नगरपालिका–५ बाट पनि प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा…

Read More

भद्रपुर, २५ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि…

Read More