
झापा, २६ साउन । पाकिस्तानको ब्रोड पिकमा साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौँ ल्याइँदै छ।
परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्नेछ।
सोही दुर्घटनामा परी निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइसकिएको छ। हिमपहिरोमा परी निधन भएकामध्ये अझै तीन जनाको शव दुर्घटनास्थलबाट फिर्ता ल्याउन बाँकी रहेको जनाइएको छ। बाँकी शवमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको रहेको बताइएको छ।
पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा पर्ने ब्रोड पिकमा साउन १४ गते हिमपहिरो जाँदा नेपालीसहित विभिन्न देशका आरोही प्रभावित भएका थिए।
Facebook Comments Box


